बालेनका सय दिन : ‘अझै केही समय गाली र आलोचना सहन तयार’

डिसी नेपाल
१९ भदौ २०७९ ८:३०
48
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफूहरु १ सय दिनको दौडमा नरहेको बताएका छन्। उनले आफूहरुसँग ५ वर्षका लागि योजना रहेको बताएका छन्।

काठमाडौं महानगरपालिकाको मेयरको रुपमा १०० दिनको कामको विवरण सार्वजनिक गर्दै आइतबार मेयर शाहले अझै केही समय गाली र आलोचनामात्रै सहन तयार रहेको भन्दै हतार गरेर महानगरका समस्याहरुको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार नरहेको बताएका छन्।

‘हामी १०० दिनको दौडमा छैनौँ, हामीसँग ५ बर्षका लागि योजना छन्। हामी अझै केहि समय गाली र आलोचनामात्रै सहन तयार छौँ तर हतार गरेर महानगरका समस्याहरुको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार छैनौँ । विश्वास छ, हामीप्रति रहेको विश्वास र समर्थनलाई हामी निराश बनाउने छैनौँ’ उनले भनेका छन्।

नले विवादित फुटपाथबाट मकैको ठेला हटाएको, इइस्पोर्स का लागि १ करोड, यमबुद्धको सालिक, कार्यक्रममा मद्यपान र मुकुट परिवर्तन, फोहोर व्यवस्थापनमा ढिलाइ र नर्भिक लगायतको अनधिकृत संरचना हटाउने सन्दर्भमा आफनो प्रष्टीकरण दिएका छन्।

उनले भनेका छन्,‘मानिसहरुमा सकारात्मक उर्जा प्राप्त भयो, परिवर्तनको महसुस भयो भने मात्रै हाम्रो कामले नतिजा दिएको हुन्छ। अन्यथा, हामीले यतिका कामहरु गर्‍याैं  भनेर सूचि बनाउदैमा हामी सफल हुन सक्दैनौँ ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *