टिकटकर तान्याको निधन
लसएञ्जल्स। ‘मिस क्यानाडा’को सेमिफाइनलिष्ट भइसकेकी २१ वर्षीया टिकटकर तान्या परदाजीको स्काइडाइभिङका क्रममा निधन भएको छ। समाचारअनुसार उनी सोलो स्काइडाइब गरेकी थिइन । त्यहीबेला उनको प्यारासुट खुलेन र त्यहाँबाट झर्दा उनको मृत्यु भएको थियो। उनको ट्वीटर प्रोफाइलमा करिब ९५.४ हजार र टिकटकमा एक लाखभन्दा बढी फलोअर्स थिए।
फिलोसोफीकी छात्रा तान्या एक विश्वविद्यालयमा अध्ययनरत थिइन्। सन् २०१७ मा ‘मिस क्यानाडा’ सौन्दर्य प्रतियोगितामा भाग लिएकी उनी सेमिफाइनलिस्ट बनेकी थिइन्। आफ्नो टिकटक एकाउण्टमा उनी साइकोलोजी, एलियन र इतिहासका बारेमा कुरा गर्थिन्।
तान्या २७ अगष्टमा सोलो स्काइडाइभका लागि गएकी थिइन्। स्काइडाइभमा प्यारासुट सही समय नखुलेको र खुले पनि प्यारासुटमा हावा नभरिएकाले उनी सिधा जमिनमा खसेकी थिइन्। उनलाई अस्तपालमा भर्ना गरिए पनि डाक्टरले बचाउन सकेनन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment