बेलायतः कन्जरभेटिभ पार्टी नेतृत्वको चुनाव सम्पन्न, ट्रसकाे सम्भावना धेरै

डिसी नेपाल
१९ भदौ २०७९ १०:३१
384
Shares

लन्डन। बेलायतमा कन्जरभेटिभ पार्टीको नेतृत्वको चुनावमा मतदान सम्पन्न भएको छ। भारतीय मूलका सांसद ऋषि सुनक र विदेशमन्त्री लिज ट्रसबीच नेतृत्वका लागि प्रतिष्पर्दा भइरहेको छ। प्रारम्भिक सर्वेक्षणमा लिज बोरिस जोनसनको उत्तराधिकारी बन्ने देखाइएको छ।

विदेश मन्त्री ट्रस र पूर्वअर्थमन्त्री सुनक बीचको नतिजा सोमबार दिउँसो घोषणा गरिनेछ। नतिजा सार्वजनिक भएको भोलिप्ट बोरिस जोनसनले औपचारिक रूपमा महारानी एलिजाबेथ द्वितीय समक्ष राजीनामा दिनेछन्।

कन्जरभेटिभ पार्टीको नेता चयनको पक्रिया छनोट कार्य अगस्टबाट सुरु भएको थियो। छनोटका विभिन्न चरणमा अनुमानित २ लाख कन्जरभेटिभ पार्टीका सदस्यहरूले मतदान गरेका थिए।

मतदानमा सुनकलाइभन्दा ४७ वर्षीय ट्रसलाई निरन्तर समर्थन गर्दै आएका छन्। उनले कर घटाउने र र आर्थिक वृद्धिलाई प्राथमिकता दिने अभियान गरेकी छिन्। बेलायतले दशकौंपछिको उच्च मुद्रास्फीतिको सामना गरिरहेको छ र यस वर्षपछि मन्दीमा प्रवेश गर्ने संकेत गरिएको छ।

‘मसँग एउटा साहसी योजना छ जसले हाम्रो अर्थतन्त्रलाई बढाउँछ, उच्च पारिश्रमिक, परिवारहरूको लागि थप सुरक्षा र विश्व–स्तरीय सार्वजनिक सेवाहरू प्रदान गर्दछ’, ट्रसले एक विज्ञप्तिमा भनिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *