महाअभियाेग समितिकाे बैठक २५ भदौमा बस्ने
काठमाडौं। महाअभियाेग सिफारिस समितिकाे बैठक २५ भदौमा बस्ने भएको छ। निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबरासँग समितिले आज पाँचवटा प्रश्न साेधेकाे थियाे । आजको बैठक एक घन्टा बसेकाे थियाे । एक घन्टामा पाँच प्रश्न साेधिएकाे थियाे।
निर्वाचनकाे तयारीका लागि दलका नेताहरू जिल्ला जिल्लामा जानुपर्ने भएकोले बैठक ६ दिन पर सारिएको समिति सदस्य मीन विश्वकर्माले जानकारी दिए।
आजको बैठकमा समिति सदस्यहरूले जबरासँग पूर्वडीआइजी रञ्जन काेइरालाबारे प्रश्न साेधेका थिए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment