टाटा समूहका पूर्व अध्यक्ष साइरस मिस्त्रीको सडक दुर्घटनामा मृत्यु
काठमाडौं । टाटा समूहका पूर्व अध्यक्ष साइरस मिस्त्रीको मुम्बई नजिक सडक दुर्घटनामा मृत्यु भएको छ । पालघर पुलिस स्टेशनले यो दुर्घटनाको पुष्टि गरेको छ।
दुर्घटना हुँदा कारमा चार जना सवार रहेको प्रहरीले जनाएको छ । तीमध्ये दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
आयरल्याण्डमा जन्मेका साइरस मिस्त्री लन्डन बिजनेस स्कूलमा पढेका थिए। उनी पल्लोनजी शापुरजीका कान्छो छोरा थिए। उनको परिवार आयरल्याण्डको सबैभन्दा धनी भारतीय परिवार मध्ये एक हो। साइरसले सन् १९९१ मा शापूरजी पल्लोन्जी एण्ड कम्पनीमा काम गर्न थालेका थिए ।
उनी सन् १९९४ मा शापूरजी पल्लोनजी समूहको निर्देशकका रूपमा नियुक्त भएका थिए। साइरसको नेतृत्वमा, शापूरजी पल्लोन्जी एण्ड कम्पनीले ठूलो नाफा कमाएको थियो र यसको कारोबार २० मिलियन पाउण्डबाट बढेर करिब १.५ बिलियन पाउण्ड पुग्यो।
कम्पनीले समुद्री, तेल-ग्यास र रेलवेको क्षेत्रमा काम फैलाएको छ। यस अवधिमा यस कम्पनीको निर्माण कार्य दश भन्दा बढी देशहरूमा फैलिएको थियो। साइरसको नेतृत्वमा, उनको कम्पनीले भारतमा सबैभन्दा अग्लो आवासीय टावर निर्माण, सबैभन्दा लामो रेल पुल निर्माण र सबैभन्दा ठूलो बन्दरगाह निर्माण सहित धेरै प्रमुख रेकर्डहरू स्थापित गर्यो।
साइरस सन् २००६ मा टाटा सन्सको बोर्डमा सामेल भए। वरिष्ठ पत्रकार एमके भेणुका अनुसार टाटा सन्सको अधिकांश शेयर साइरस मिस्त्रीको परिवारसँग छ ।







डिसी नेपाल







Facebook Comment