झापामा १८ वर्षीया किशोरी बलात्कृत

डिसी नेपाल
२० भदौ २०७९ १२:२९
184
Shares

झापा। झापामा एक जना १८ वर्षीया किशोरी बलात्कृत भएकी छन्।

ती किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले मोरङ पथरी शनिश्चरे नगरपालिका–५ बस्ने २६ वर्षीय तिर्थराज गेलाललाई शनिबार पक्राउ गरेको छ।

गेलालले ती किशोरीलाई गत बुधबार ललाई फकाई बलात्कार गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई सुनसरीको इटहरी उपमहानगरपालिका-६ बाट पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *