‘नियमित व्यायायम र व्यस्तताले बुढ्यौलीबाट जोगाउँछ’

डिसी नेपाल
२० भदौ २०७९ १३:१९
180
Shares

हङकङ। स्वास्थ्य धन हो। यो हाम्रो लागि उपहार पनि हो। आजको द्रुत युगमा व्यक्तिहरूले आफूलाई फिट राख्न र नियमित रूपमा व्यायाम गर्न धेरै महत्वपूर्ण छ। हामी धेरै खाली बस्छौँ, जुन रोगको मुख्य कारकमध्ये एक हो । नियमित हिँडाइले तपाइँलाई फिट मात्र गराउदैन आत्मविश्वास र तनावरहित बनाउछ।

१० मिनेट फटाफट हिड्ने व्यक्तिको थप आयु बढ्ने एक शोधकर्ताले बताएका छन्। चाइनिज युनिभर्सिटी अफ हङकङका सोध प्राध्यापक जिन वुका अनुसार आयु बढ्दै जाँदा निर्भरता र कमजोरी बढ्ने गर्छ। उनका अनुसार अस्वस्थ जीवनशैलीको कारण मानिसहरूको चाँडो मृत्यु हुनुका साथै शरिरमा धेरै रोग निम्तिने गर्छ। सामाजिक रूपमा व्यस्त हुन र हिड्न उनी सुझाव दिन्छिन्।

उनी भन्छिन्, ‘जीवनशैलीमा परिवर्तनमार्फत आफ्नो शारीरिक र मानसिक स्वास्थ्यलाई सुरक्षित गर्नुहोस्। बुढ्यौलीमा निर्भरता र कमजोरीको बढ्दो प्रवृत्तिलाई हटाउन नयाँ कुराहरू सिक्नुहोस्। कुल आयुमा वृद्धिसँगै निर्भरता र कमजोरी बढ्दै गएको छ।’

निस्कृय र एकै ठाउँमा बस्ने जीवन शैली मृत्युका १० कारणमध्ये एक भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *