रूसको दुतावासनजिक बम विष्फोट, २० जनाको मृत्यु, २ रूसी कूटनीतिज्ञ मारिए

डिसी नेपाल
२० भदौ २०७९ १४:४९
6.3k
Shares

काठमाडौं । अफगानिस्तानको राजधानी काबुल फेरि एक पटक बम विष्फोटले स्तब्ध भएको छ । यस पटक रुसको दूतावास नजिकै भएको विस्फोटमा २ रुसी कूटनीतिज्ञ सहित २० जनाको मृत्यु भएको छ । काबुल सहरको दारुल अमान क्षेत्रमा विस्फोट भएको हो । रुसी दूतावास यही क्षेत्रमा अवस्थित छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त विस्फोट रुसी दूतावासको गेट अगाडि भएको थियो । यो आत्मघाती बम आक्रमणकारी द्वारा गरिएको थियो। दूतावास बाहिर तैनाथ तालिबान सुरक्षा गार्डले आक्रमणकारीलाई चिनेको बताइएको छ । उनले आक्रमणकारीलाई गोली पनि हाने । तर अचानक विस्फोट भयो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *