बुर्किना फासोमा विद्रोहीको विस्फोटमा ३५ जनाको मृत्यु

डिसी नेपाल
२१ भदौ २०७९ ९:२८

ओगाडोउ। बुर्किना फासोको उत्तरी क्षेत्रमा आपूर्ति बोकेको एउटा गाडिमा विस्फोटक पदार्थ प्रहार हुँदा कम्तीमा ३५ सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य ३७ जना घाइते भएका छन्। आइतवार बौर्जांगादेखि जिबोको बीचको सडक खण्डमा एउटा समूहले सो विस्फोट गराएको सहेल क्षेत्रका गभर्नर रोडोल्फे सोर्गोले एक विज्ञप्तिमा बताएका छन्। सशस्त्र जिहादी समूहले सो हमला गरेको हो अनुमान गरिएको छ।

उक्त गाडि उत्तरबाट बुर्किना फासोको राजधानी ओवागाडोउको लागि प्रस्थान गरेको थियो। गाडिभित्र सर्वसाधारण र व्यपारी थिए। यसअघि जिहादी समूहले उत्तरका सहर डोरी र जिबोतर्फ जाने सडकमा गराएका विस्फोटमा कम्तीमा १५ जनाको मृत्यु भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *