कन्जरभेटिभ पार्टीको नेताको चुनाव हारेपछि ऋषि सुनकले के भने ?

डिसी नेपाल
२१ भदौ २०७९ ११:०२

काठमाडौं । कन्जरभेटिभ पार्टीको नेताको निर्वाचनमा पराजित भएपछि ऋषि सुनकले जनतालाई सहयोग गरेकोमा धन्यवाद दिँदै बेलायतको आगामी प्रधानमन्त्री बन्ने लिज ट्रसको साथमा उभिने आश्वासन दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरको आफ्नो आधिकारिक ह्यान्डलबाट ट्विट गर्दै उनले लेखेका छन्, ‘यस अभियानमा मलाई भोट गर्नुहुने सबैलाई धन्यवाद ।’ उनले कन्जरभेटिभ पार्टीलाई परिवार भनेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘कन्जरभेटिभ पार्टी एउटै परिवार हो भनेर मैले पहिल्यै भन्दै आएको छु ।’

सुनकले थप लेखेका छन्, ‘अब हामी नयाँ प्रधानमन्त्री लिज ट्रसको पछाडी उभिने बेला आएको छ, जसले देशलाई कठिन परिस्थितिबाट बाहिर निकाल्न नेतृत्व लिन लागेकी छिन् ।’ सोमबार पार्टीका सर ग्राहम ब्राडीले वेस्टमिन्स्टरको रानी एलिजाबेथ द्वितीय केन्द्रमा नतिजा घोषणा गरेका थिए ।

यस मतगणनामा लिज ट्रसले ८१ हजार ३२६ मत प्राप्त गरिन् भने सुनकले ६० हजार ३९९ मत पाएका छन् । ट्रसले मंगलबार बालमोरलमा रानीसँग भेट गर्नेछिन्, जसले उनलाई सरकार गठन गर्न आमन्त्रित गर्नेछिन्। यसपछि ट्रस बेलायतको प्रधानमन्त्री बन्नेछिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *