अफगानिस्तानमा रुसी दूतावास बाहिर विस्फोटको जिम्मेवारी इस्लामिक स्टेटले लियो

डिसी नेपाल
२१ भदौ २०७९ ११:१५
20
Shares

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा रुसी दूतावास बाहिर सोमबार भएको आत्मघाती बम आक्रमणको जिम्मेवारी इस्लामिक स्टेटले लिएको छ । यस विष्फोटमा दुई रुसी कूटनीतिज्ञ सहित कैयौं व्यक्तिको मृत्यु भएको थियो ।

इस्लामिक स्टेट खोरासानले अफगानिस्तानमा मेसेजिङ एप टेलिग्राममार्फत सन्देश जारी गरेको थियो। संगठनले आफ्नो एक लडाकुले दूतावासको गेटमा आफूलाई विष्फोट गराएको दाबी गरेको छ । विस्फोटको समयमा त्यहाँ धेरै रूसी कामदारहरू थिए र धेरै मानिसहरू भिसाको लागि लाइनमा पर्खिरहेका थिए।

इस्लामिक स्टेटले जारी गरेको सन्देश अनुसार यस विस्फोटमा कूल २५ जना घाइते वा मारिएका छन् । मृत्यु हुनेमा कम्तीमा दुई जना रुसी कर्मचारी रहेका छन् । मारिनेहरूमा दूतावासको सुरक्षामा संलग्न तालिबानका सदस्यहरू थिए। चरमपन्थी समूहले आत्मघाती आक्रमणकारीको नाम ‘वकास अल-मुहाजिर’ राखेको छ र मास्क लगाएको उनको तस्बिर जारी गरेको छ।

अघिल्ला आक्रमणहरू जस्तै, आईएसले फेरि उच्च प्रोफाइल क्षेत्रमा आक्रमण गरेको छ। यो हमला यस्तो समयमा भएको हो जब तालिबानले केही दिनअघि इस्लामिक स्टेटको धम्कीको परवाह नगरी अफगानिस्तानमा रुसलगायत अन्य देशलाई काम गर्न आग्रह गरेको थियो ।

अगस्ट २०२१ मा तालिबानले अफगानिस्तानमा कब्जा गरेपछि विदेशी दूतावासमा भएको यो पहिलो हमला हो। तालिबानले आक्रमणको कडा निन्दा गर्दै रुसी सैनिकको मृत्युप्रति दुःख व्यक्त गरेको छ । आक्रमणका बेला त्यहाँ भिसाका लागि आएका चारजना अफगान नागरिकको पनि ज्यान गएको अफगान प्रहरीले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *