इजरायलले आफ्नो सेनाले अल जजीराकी पत्रकारको हत्या गरेको स्वीकार गर्‍यो

डिसी नेपाल
२१ भदौ २०७९ ११:३४

काठमाडौं । प्यालेस्टिनी-अमेरिकी पत्रकार शिरिन अबु अक्लेहको मृत्यु भएको झण्डै चार महिनापछि इजरायलले आफ्नो प्रतिवेदनमा आफ्ना एक सैनिकले अल जजीराकी पत्रकारलाई गल्तिवश मारेको स्वीकार गरेको छ।

अक्लेहलाई मे महिनामा वेस्ट बैंकमा छापा मार्न गएको बेला गोली हानिएको थियो। यद्यपि, सेनाका शीर्ष कानुनी अधिकारीहरूले आक्रमणमा संलग्न सैनिक विरुद्ध फौजदारी अनुसन्धान सुरु गर्न अस्वीकार गरेका छन्। अबु अक्लेहको परिवारले इजरायली सेनाले सत्य लुकाउन र हत्याको जिम्मेवारी लिनबाट जोगिने प्रयास गरेकोले उनीहरू “आश्चर्यचकित” नभएको बताए।

अबु अक्लेह मे ११ मा वेस्ट बैंकको जिनिनमा इजरायलको आक्रमण कभर गर्न गएकी थिइन्। सो क्रममा इजरायली सैनिक र प्यालेस्टिनी अतिवादीबीच गोली हानाहान सुरु भएको थियो । आक्रमणको समयमा अबु अक्लेहले ज्याकेट लगाएकी थिइन्, जसमा ठूला अक्षरमा ‘प्रेस’ लेखिएको थियो। अबु अक्लेहको मृत्युको कारणलाई लिएर विभिन्न पक्ष बाहिर आएका छन् ।

प्रत्यक्षदर्शी र प्यालेस्टिनी अधिकारीहरूले अक्लेहलाई इजरायली सैनिकहरूले गोली हानेको बताए। पछि संयुक्त राष्ट्र संघ र विभिन्न प्रेस अनुसन्धान एजेन्सीहरूले पनि यो दाबीलाई समर्थन गरे। अमेरिकी समीक्षामा इजरायली सेनाले अक्लेहमाथि गोली चलाएको हुनसक्ने पत्ता लागेको छ।

अब इजरायलको सुरक्षा बल (आईडीएफ) ले आफ्नो चलिरहेको आन्तरिक अनुसन्धान पूरा गरेको बताएको छ। एक वरिष्ठ आइडीएफ अधिकारीले भने कि यो अत्याधिक संदिग्ध थियो कि एक आइडीएफ जवान द्वारा संयोगवश गोली हानियो र पक्कै पनि सैनिकले बुझेनन् कि उनी एक पत्रकार थिइन्।

अधिकारीले यो पनि भने कि अनुसन्धानकर्ताहरूले आक्रमणकारी सिपाहीसँग कुरा गरे। उनले भने, “सिपाहीले उनले वास्तवमा के गरे भनेर बताए र यदि उनले यो गरेको भए गल्तीले थियो।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *