बिहे गर्न नमानेको रिसमा युवतीको हत्या, हत्याराले पनि आत्महत्या गरे

डिसी नेपाल
२१ भदौ २०७९ १३:१७

काठमाडौं । युवतीले विवाहको प्रस्ताव अस्वीकार गरेको भन्दै एक व्यक्तिले १९ वर्षीया युवतीको सार्वजनिक स्थानमा गोली हानी हत्या गरेका छन् । युवतीलाई उनको घर अगाडि गोली हानेर भागेका थिए । पछि हत्याराले आफू ती केटीका लागि मात्र बाँचिरहेको भन्दै भिडियो सार्वजनिक गरेका थिए ।

मामला इजिप्टको हो। मेनोफिया गभर्नोरेटको तुख तान्बिश गाउँमा १९ वर्षीय अमानी अब्दुल करिम अल गज्जारीको गोली हानी हत्या गरिएको थियो । रिपोर्टका अनुसार अमानी शारीरिक शिक्षाको विद्यार्थी थिइन् ।

इजिप्सियन स्ट्रिट्सका अनुसार यो घटना सेप्टेम्बर ३ मा भएको हो । युवती र उनको परिवारले २९ वर्षीय अहमद फाती अमिराहको विवाहको प्रस्ताव अस्वीकार गरेका थिए । यसपछि अमिराहले अमानीलाई उनको घर अगाडि गोली हानेका थिए । अमानीलाई नजिकैको अस्पताल लगियो । यहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

घटनाको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यसमा परिवारका सदस्य र नजिकका मानिसहरु चिच्याइरहेको देखिन्छन् । प्रहरी पनि तत्कालै त्यहाँ पुगेको थियो । तर अमिराह घटनास्थलबाट भाग्न सफल भए।

अमानीको हत्यापछि अमिराहले सामाजिक सञ्जालमा एउटा भिडियो पनि शेयर गरेका छन् । जसमा उनी झाडीमा लुकेर बसेको देखिन्छ । भिडियोमा उनी भन्छन्– म अहमद अमिराह हुँ, जसलाई सबैले खोजिरहेका छन् । म अपराधी हुँ मैले उनलाई (अमानी) धेरै माया गर्थे र म उनको लागि मात्र बाँचिरहेको थिएँ।

पछि अमिराहको शव पनि सडकको छेउमा भेटिएको थियो । इजिप्टको आन्तरिक मन्त्रालयले अमानीको हत्यापछि अमिराहले सोही हतियारले आत्महत्या गरेको जनाएको छ । अमानीले ‘खराब व्यवहार’का कारण अमिराहको विवाहको प्रस्ताव अस्वीकार गरेको दाबी गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *