पाकिस्तानमा बाढीबाट बच्न इन्जिनियरहरूले सबैभन्दा ठूलो ताल फुटाइदिए

डिसी नेपाल
२१ भदौ २०७९ १५:४४

काठमाडौं । पाकिस्तानमा बाढीको प्रकोप जारी छ। यस घातक बाढीका कारण हालसम्म १३ सयभन्दा बढीको मृत्यु भएको छ भने १२ हजार ५७७ जना घाइते भएका छन् । रिपोर्टमा भनिएको छ कि अहिले बलुचिस्तान, खैबर पख्तुनख्वा, सिन्ध र पञ्जाब प्रान्तका राहत शिविरमा पाँच लाखभन्दा बढी मानिस बसिरहेका छन्।

मन्त्रीले पाकिस्तानले ३० वर्षको औसतभन्दा ५०० प्रतिशत बढी वर्षाको मार बेहोर्नुपर्ने बताए। पाकिस्तानी इन्जिनियरहरूले बाढीको यस प्रकोपबाट मानिसहरूलाई बाहिर निकाल्न विभिन्न युक्तिहरू प्रयोग गरिरहेका छन् ताकि शहर भित्र पसेको पानी हटाउन सकियोस्।

पाकिस्तानी इन्जिनियरहरूले नजिकैका शहरहरूबाट पानी निकाल्न पाकिस्तानको सबैभन्दा ठूलो ताजा पानीको ताल भत्काएको अधिकारीहरूले सोमबार बताएका छन् । सिन्ध प्रान्तका सूचना मन्त्री शर्जिल इनाम मेमनले सोमबार एएफपी समाचार एजेन्सीलाई भने कि ईन्जिनियरहरूले पानी हटाउन मंचर तालमा नाला काट्नुपरेको थियो ।

यसले सेहवान र भान सैदाबाद सहरहरूलाई खतरामा पारेको थियो, जसको कुल जनसंख्या २५ लाख छ। अधिकारीहरूले सोमबार भने कि देशको इतिहासमा यस्तो बाढी कहिल्यै आएको थिएन। अधिकारीहरूले भने बाढीको पानी हटाइएको छ तर खतरा अझै टरेको छैन । साना बस्तीबाट हजारौं मानिसलाई विस्थापित गर्न बाँकी छ ।

अब ८० हजार करोड रुपैयाँ यस त्रासदीबाट बाहिर निस्कन खर्च गरिने अधिकारीहरूले बताएका छन् । मनसुन सकिएपछि फेरि चिसो सुरु हुने भएकाले यी सबै गर्न गाह्रो हुने अधिकारीहरुले बताएका छन् । यस्तो अवस्थामा घरबारविहीनका लागि घरको व्यवस्था गर्नु निकै जरुरी हुनेछ ।

पाकिस्तानमा बाढीबाट प्रभावित ४७,००० भन्दा बढी गर्भवती महिलाहरू सिन्ध प्रान्तको आश्रय शिविरमा बस्न बाध्य छन्। सिन्धका स्वास्थ्यमन्त्री अजरा पेचुहोले बाढीबाट प्रभावित महिलाको तथ्याङ्क सार्वजनिक गरेकी छन् ।

बाढीपहिरोपछि हजारौं मानिस रोगबाट पीडित भएको उनले बताए । स्वास्थ्यमन्त्रीका अनुसार प्रदेशमा झाडापखालाका एक लाख ३४ हजारभन्दा बढी र औलोका ४४ हजारभन्दा बढी बिरामी भेटिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *