विश्वमा कोरोना संक्रमितको संख्या ६१ करोड नाघ्यो, ६५ लाखभन्दा बढीले गुमाए ज्यान

डिसी नेपाल
२२ भदौ २०७९ ७:००

काठमाडौं। विश्वमा हालसम्म ६१ करोड ११ लाख ४१ हजार ५४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ। वल्डोमिटर्सका अनुसार सबैभन्दा कोरोना संत्रमित अमेरिकामा रहेका छन् । अमेरिकामा हालसम्म ९ करोड ६७ लाख १५ हजार ९०८ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ।

भारतमा ४ करोड ४४ लाख ७० हजार १४१, फ्रान्समा ३ करोड ४६ लाख २३ हजार ९८, ब्राजिलमा ३ करोड ४५ लाख ३८ हजार ८८२ र जर्मनीमा ३ करोड २२ लाख ९७ हजार ५३७ जनामा कोरोना संक्रमण भइसकेको छ।

कोरोना भाइरसको संक्रमणका कारण विश्वमा हालसम्म ६५ लाख ६ हजार ५६६ जनाको मृत्यु भइसकेको छ। कोरोनाका कारण मृत्यु हुनेको सबैभन्दा ठूलो संख्या अमेरिकामा रहेको छ । अमेरिकामा हालसम्म कोरोना संक्रमणका कारण १० लाख ७३ हजार २९१ जनाको मृत्यु भइसकेको छ।

कोरोनाका कारण मृत्यु हुनेको संख्या ब्राजिलमा ६ लाख ८४ हजार ६४६, भारतमा ५ लाख २८ हजार ३०, रुसमा ३ लाख ८४ हजार ८८२, मेक्सिकोमा ३ लाख २९ हजार ६३० र पेरुमा २ लाख १५ हजार ९२८ पुगेको छ।

कोरोना भाइरस पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *