पार्टीका मन्त्री सामु निरीह माधव नेपाल

कसैमा शक्तिको उन्माद, कसैको रोदन, कोहीले मन्त्री पदको उपहास गरे

शरद रिजाल
२२ भदौ २०७९ ८:११

काठमाडौं। एमाले बिभाजन गर्दा माधव कुमार नेपालले कम्युनिष्ट आन्दोलनको रक्षा गर्न पार्टी गठन गरेको बताएका थिए। उनले एमालेको मूल नेतृत्व दक्षिणपन्थी र प्रतिगमनकारी भएको आरोप लगाउदै नयाँ पार्टी पुर्नगठन गर्नुपरेको आवश्यकता औंल्याएका थिए।

उनको आरोप र पार्टी गठनको औचित्यता भने क्रमशः मिथ्या साबित हुँदै गइरहेको छ। एमालेबाट बिभाजन गरेर बनेको एकीकृत समाजवादीले गत साल भदौ ९ गते विधिवत रुपमा निर्वाचन आयोगबाट पार्टी दर्ताको प्रमाणपत्र पाएको थियो।

पार्टी गठन भएको एक वर्ष भन्दा बढी समय भइसकेको उनको पार्टीले गठबन्धनको आडले एक महानगर र एक उपमहानगरसहित केही स्थानीय तहमा जित हासिल गर्नेबाहेक सांगठनिक रुपमा बलियो उपस्थिति देखाउन नसकेको अहिलेको कटु यथार्थ हो।

स्थानीय निर्वाचन अगावै एमालेलाई उनले धुलो चटाउने बताएका थिए। तथापि त्यसको सामना उनले आफैे गर्नुपर्यो। केही दिनसम्म गठबन्धनबाटै असहयोग भयो भन्दै कुर्लिएका उनी अन्तत अहिले गठबन्धनकै शरणबाट आशन्न मंसिर ४ को निर्वाचनमा सिट बाँडफाँट सम्मानजनक हुनुपर्छ भन्दै अनुनय विनय गरिरहेका छन्।

२०५० सालदेखि पार्टीको कार्यकारी भुमिकामा रहेका नेपाल २०६४ मा पार्टीको पराजय र आफू समेत दुई वटै निर्वाचन क्षेत्र (रौतहट र काठमाडौं) बाट पराजित भएसँगै महासचिवबाट राजीनामा दिएका हुन्। करिव १५ वर्ष पार्टी महासचिव भएका उनको कार्यकालमा एमालेल उल्लेख्य प्रगतिे हासिल गरेको दृष्टान्त खोजे भटिँदैन।

बरु त्यसबखत पार्टीले प्रष्ट अडान लिन नसकेको भन्दै उनको आलोचना हुने गर्दथ्यो। त्यसयता समेत पार्टीको नेतृत्वदायी तहमा रहने उनको मोह भने विद्यमान रहेको नवौं महाधिवेशनमा पुष्टि गरे पार्टीभित्र केपी ओलीविरुद्ध उम्मेदवारी दिएका उनी ओलीसँग  पराजित भए।

एमाले बिभाजन गरेर नयाँ पार्टी एकीकृत समाजवादी गठन गरेका माधव नेपालका मन्त्रीहरुको चर्तीकला भने गजबको छ। आफूलाई बिधि पद्धतिको वाहक भन्न रुचाउने उनी एमाले अध्यक्ष ओलीलाई कम्युनिष्ट आचरण नभएको समेत बताउँछन्। तर आफ्ना मन्त्रीले गरेकाे चर्तिकला भने उनले नजर अन्दाज गर्दै आएका छन्।

बारम्बार बिधिको वकालत गर्ने माधव नेपालका पार्टीका मन्त्रीहरु भने केही दिन यता विचित्रका देखिएका छन्। उनको पार्टीका मन्त्रीहरु भने बिधि र पद्धतिको बर्खिलाप गर्दै सत्ता र शक्तिको उन्मादमा कानुन समेत हातमा लिन पछि पर्दैनन्।

मंगलवार मात्रै उनका मन्त्री एक बिबादास्पद ब्यक्तिको जन्मदिनमा प्रमुख अतिथि बनेर सामेल भए। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर पदीय मर्यादा विपरीत हिरा लुटपाट प्रकरणमा जेल बसेका एक जनाको जन्मदिनको पार्टीमा पुगेर केक काटेर शुभकामना दिएर फर्किए।

एमाले बिभाजन गरेर नयाँ पार्टी एकीकृत समाजवादी गठन गरेका माधव नेपालका मन्त्रीहरुको चर्तीकला भने गजबको छ। आफूलाई बिधि पद्धतिको वाहक भन्न रुचाउने उनी एमाले अध्यक्ष ओलीलाई कम्युनिष्ट आचरण नभएको समेत बताउँछन्। तर आफ्ना मन्त्रीले गरेकाे चर्तिकला भने उनले नजर अन्दाज गर्दै आएका छन्।

ती सुजन आचार्य केही समय अगाडि एक अभिनेत्रीको अश्लिल भिडियो माथि ब्ल्याकमेल गरेको आरोपमा समेत पक्राउ परेर धरौटीमा छुटेका थिए। मन्त्रीको यस्तो हर्कत सर्वत्र आलाचित बन्न पुग्यो। सञ्चारमाध्यममा समाचार प्रकाशित भएसँगै सामाजिक संजालमा उनको आलोचना गर्ने क्रम बढ्न थाल्यो। अन्तत ती बिादास्पद ब्यक्तिसँग मन्त्रीको कुनै सम्बन्ध नरहेको भन्दै उनको सचिवालयले विज्ञप्ति जारी गर्‍याे।

कसैेको जन्मदिनमा प्रमुख अतिथि बन्न नछुटाउने यी मन्त्री राष्ट्रिय सभाका निर्वतमान सांसद हुन्। पछिल्लो समय पदावधी सकिएका उनलाई गैर सांसद हुँदाहुँदै एकीकृत समाजवादीकोतर्फबाट माधव नेपालकै जोडबलले मन्त्री बनेका हुन्। बिबादित ब्यक्तिको आमन्त्रणमा बर्थडे पाटीमा प्रमुखअतिथि बनेका उनले माधव नेपालका मन्त्रीहरुको चर्तीकलामा थप नयाँ श्रृङखला कायम गरेका छन्।

एमालेबाट बिभाजित भएर नयाँ पार्टी गठन गर्दै गर्दा निर्वाचन आयोगमा हात समाएर रामकुमारी झाँक्रीले लैजाँदा धेरैले पार्टी बिभाजन गर्न हौसाएको टिप्पणी हुने गर्दथ्यो। माधव नेपाललाई निर्वाचन आयोगमा हात समाएर नयाँ पार्टी दर्ता गर्न लगेकी झाँक्रीले त्यसैको फलस्वरुप मन्त्री पद प्राप्त गरेकी थिइन्।

पार्टी बिभाजन पछि शहरी विकास मन्त्री भएकी उनी हाँसोसहित पदभार ग्रहण गरेकी थिइन्। पदबहाली गर्दाका उन्मत्त हाँसो पदबाट बर्हिगमन हुँदै गर्दा रोदनमा प्रकट भएको थियो। मन्त्रीबाट हट्दै गर्दा बलिन्द्र अश्रुधारा बगाएकी उनी हिजो आज पार्टीको सार्वजनिक कार्यक्रममा त्यति सहभागीता उपस्थित हुन्नन्। माधव नेपालको हात समाएर नयाँ पार्टी दर्ता गर्न हौसाउने यिनै झाँक्री उक्त पार्टीको पुनस्र्थापना दिवसमा भने सहभागी भइनन्।

यी र यस्तै प्रवृत्तिका माधव नेपालका पार्टीका मन्त्रीहरु मध्ये अझै रोचक त अर्का मन्त्री थिए प्रेम आले। नेकपा बिभाजनकालमा केपी शर्मा ओलीको मन्त्रिमण्डलमा सामेल भएका उनी एकाएक यूटर्न गरि माधव नेपालको पार्टीमा आएका थिए। उनले त झन विज्ञानको क्षेत्रमा नयाँ अविस्कार गरेका थिए रुखले कार्बनडाइअक्साइड दिने।

कोराना कालमा सरकारी सिलिण्डरमा आफ्नो तस्बिर अंकित गरेर होस् या सार्वजनिक समारोहमा भाषण गर्ने क्रममा बहादुरी प्रदर्शन गरेर होस् उनी निरन्तर बिबाद र चर्चामा आउन भने छोडेनन्।

६ महिनासम्म वर्तमान शेरबहादुर देउवा सरकारमा रहेका बेला कतिपय सकारात्मक काम गरेका यिनी मन्त्रीबाट बर्हिगमन हुनु भन्दा केही समय अगाडि फेरि अर्को काण्डले बिबादमा आए।

बारम्बार बिबाद र चर्चाृमा आइरहने उनी नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई अपशब्द प्रयोग गरेर गाली गरि पुनः चर्चामा आएका थिए। उनले निगमका अध्यक्ष अधिकारीलाई अनेकौं अश्लिल शब्द प्रयोग गरि गालीगलौज गरेको अडियो बाहिरिएको थियो।

माधव नेपालको पार्टीले आलोपालो सरकारमा पठाएका यिनै मन्त्रीहरु चर्चा र बिबादमा भने प्राय आइरहे। माधव नेपाल भने बिधि पद्धतिको वकालत गर्न आजपर्यन्त छाड्दैनन्। यिनकै पार्टीका अर्का संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्री जीवनराम श्रेष्ठले यही शुक्रबार एक जना सुरुक्षा गार्डलाई पद र शक्तिको दुरुपयोग गर्दै अपमानजनक ब्यबहार गरेका छन्।

मन्त्री श्रेष्ठ शुक्रबार बिहान करिब सवा ९ बजेतिर श्रीमती, मन्त्रालयका कर्मचारी, सेना र प्रहरीबाट खटिएका अंगरक्षकसहित ठमेलमा रहेको क्यानेडियन भिसा सेन्टरमा पुगे। उनी त्यहाँ पुग्दा सेवाग्राहीको लाइनमै थिए। मन्त्रीको टोली लाइन मिचेर अघि बढ्न खोज्दा त्यस कार्यालयमा रहेका सुरक्षा इन्चार्ज शेरजंग गुरुङले रोक्दै सामान्य नागरिकजस्तै लाइनमा बस्न आग्रह गरे।

सेनाबाट अवकाशपछि गरुड सेक्युरिटिजमा कार्यरत रहेका गुरुङले कर्तव्यपालनाको सिलसिलामा गरेको उनको आग्रह मन्त्रीलाई पचेन। उनी फेरि अगाडि बढ्न मात्र खोजेनन्, आफ्नो साथका कर्मचारीले हुल हुज्ज्त नै गर्न थाले। त्यसपछि अवस्था एकछिन तनावपूर्ण जस्तै भयो। अन्तत मन्त्रीले लाइनबिनै सेवा लिएर निस्किए।

त्यसपश्चात उनले पदको हैकम देखाउँदै आफूलाई लाइनमा बस्ने अनुशासन सिकाउने सुरक्षा गार्डलाई नै पक्राउ गर्न सिधै गृह मन्त्रालयलाई आदेश दिए। आफ्ना सुरक्षा गार्ड प्रयोग गरेर हिरासतमा राख्न लगाए अहिले ती सुरक्षा गार्ड प्रहरी थुनाबाट छुटिसकेका छन्। यी मन्त्रीको यस्तो हर्कतको चौतर्फी बिरोध भएसँगै उनीे आफैंले गृहमन्त्रीलाई आग्रह गरी छुटाएको बक्तब्यबाजी गर्दै आफ्नै बचाउमा उत्रिए।

शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकारमा सबै भन्दा बढी बिबाद र चर्चामा आएका कुनै मन्त्री छन् भने ती माधव नेपालको पार्टीकै हुन्। अनैकौ तवरले बिबाद र चर्चामा आएका यीनै मन्त्रीहरुलाई कारबाही गर्न माधव नेपाल भने निरीह देखिन्छन्।

माधव नेपालको पार्टीका यी र यस्तै मन्त्रीहरुले उनले भन्ने गरेको बिधि, पद्धति र कम्युनिष्ट आचरणको हुर्मत लिइरहँदा समेत बेखबर छन्। पार्टी गठन गर्दा ओलीको बर्खिलाप गर्दै कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने बताएका उनी आफ्नै पार्टीको मन्त्रीका यी र यस्ता प्रवृत्ति उजागर हुँदा समेत कुनै प्रतिक्रिया दिन असर्मथ छन्। उनका केही थान मन्त्रीहरुको फेरबदलले नै उनको पार्टी टिकाएकाले उनी मौन रहेको राजनीतिका जानकारहरु बताउँछन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *