नेताले ‘प्रलय आउँदैछ, मेरो खेतमा शरण लिने मात्र बाँच्छन्’ भनेपछि मानिसहरू खेततिर दौडादौड
काठमाडौं । एक नेताको ‘प्रलयको भविष्यवाणी’ ले कम्बोडियामा हंगामा मच्चायो। वास्तवमा कम्बोडियाका नेता खेम भिसनाले सामाजिक सञ्जालमा पोष्ट गर्दै सारा विश्व विनाशकारी बाढीको मुखमा उभिएको दाबी गरेका छन् । पहाडमा रहेको आफ्नो खेतमा आश्रय लिनेहरू मात्र यो बाढीबाट बच्ने उनले दावी गरे ।
लगत्तै लिग फर डेमोक्रेसी पार्टी (एलडीपी)का अध्यक्ष खेम भिसनाको यो पोस्ट भाइरल भयो । त्यसको देशभर चर्चा भयो । खेमका समर्थकहरु उनको कुलेन पहाडस्थित फार्म हाउसमा पुग्न थाले । मानिसले खेमले उल्लेख गरेको ठाउँमा गएर बाढीको प्रकोपबाट बच्न सकिने कुरा पत्याए र त्यहाँ जान थाले ।
स्थानीय सञ्चारमाध्यमका अनुसार सिअम रेअप प्रान्तमा खेम भिसनाले बताएको ठाउँमा ३० हजारभन्दा बढी मानिस पुगे । जसका कारण पूरै क्षेत्रमा अराजकताको वातावरण बनेको थियो । अन्य देशहरूमा काम गर्ने मानिसहरू पनि खेमको कुरा पत्याएर कम्बोडिया फर्कन थाले। खेम भिसनाले आफ्नो खेतमा भेला भएका मानिसहरुको तस्बिर फेसबुकमा पोस्ट गरेका छन् ।
अगस्ट २६ मा फेसबुकमा एक पोस्टमा उनले आफूलाई भगवान ‘ब्रह्मा’ भनेका थिए । उनले आफ्ना अनुयायीहरूलाई ‘सबैभन्दा विनाशकारी बाढी’का लागि सम्पूर्ण विश्व तयार रहनुपर्ने बताए। उनले आफ्नो खेत मात्र बाढीको चपेटामा पर्दैन, त्यसैले सबैजना त्यहाँ पुगेर आफ्नो र आफ्नो परिवारको जीवन बचाउनु पर्छ भनेका थिए ।
खेमको यो पोस्टपछि चारैतिर हल्ला फैलियो । उनको फार्ममा देशका कुना–कुनाबाट मानिसहरु पुग्न थाले । यति मात्र होइन, दक्षिण कोरिया, जापान, थाइल्यान्डलगायत देशबाट मानिसहरु फर्किन थाले । जसका कारण कम्बोडियाका प्रधानमन्त्री हुन सेनले समेत हस्तक्षेप गर्नु परेको थियो ।
उनले हल्लामा ध्यान नदिन सर्वसाधारणलाई आग्रह गरे । प्रधानमन्त्रीले प्रशासनलाई कडाइ गर्न निर्देशन पनि दिएका छन् । यो प्रतिपक्षको राजनीतिक स्टन्ट भएको पनि उनले बताए । सत्तारुढ दलले विपक्षी नेता खेम भिसनाले पुरानो बाढीको भिडियो सार्वजनिक गरेर जनतामा डर पैदा गरेको आरोप लगाएको छ । प्रशासनले चेतावनी दिँदै भीड जम्मा गर्न नरोके खेममाथि कारबाही गर्ने जनाएको छ ।







डिसी नेपाल







Facebook Comment