पाकिस्तानमा मानवीय संकटको खतराः डब्लूएचओ

डिसी नेपाल
२३ भदौ २०७९ ८:३७
28
Shares

न्युयोर्क। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जलवायु परिवर्तन, प्राकृतिक प्रकोपलगायतका कारणले मानवीय संकट उत्पन्न हुन सक्ने चेतावनी दिएको हो। एक दशकयताकै ठूलो बाढीले सयौ घर बगाएको छ भने सडक खण्ड भत्एिका छन्। त्यस्तै बाढीले लाखौँ हेक्टर भूभागमा लगाएको बालीनाली नष्ट भएको छ।

अधिकांश भूभाग जलमग्न छ। बाढीले ठूलो महासागर बनेको छ। बाढीले अकल्पनीय संकट ल्याएको छ। जुनदेखि सुरु भएको वर्षा सिजनमा अहिलेसम्म १२ सय जना बढीको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता छन्।

बाढीले ३ करोड ३० लाख पाकिस्तानी प्रभावित भएका छन्। देशको उत्तरी स्वात उपत्यकामा बाढीले पुल, सडक बगाउँदा दर्जनौ गाउँसँगको सम्पर्क टुटेको छ। पहाडी क्षेत्रमा बसोबास गर्ने मानिसलाई त्यहाँबाट सुरक्षित क्षेत्रतर्फ जान भनिएको छ।

यस वर्षको कीर्तिमानी मनुसनलाई सन् २०१० को विनाशकारी बाढीसँग तुलना गरिएको छ। उक्त बाढीमा २ हजार जनाको मृत्यु भएको थियो। देशको करिब आधा कपास बाली बगेको र तरकारी, फलफूल र धान खेतीमा ठूलो क्षति भएको उनले बताए । बाढीबाट १० अर्ब डलर बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *