चक्कु आक्रमण गरेर १० जनाको ज्यान लिने दोस्रो संदिग्धको प्रहरी हिरासतमा मृत्यु

डिसी नेपाल
२३ भदौ २०७९ ११:१०
1.2k
Shares

काठमाडौं । क्यानडाको सेन्ट्रल सास्काचेवान प्रान्तमा आइतवार धेरै मानिसहरूलाई छुरा प्रहार गर्ने दोस्रो संदिग्ध आक्रमणकारी मिल्स स्यान्डरसनको पनि मृत्यु भएको छ।

सहायक पुलिस कमिश्नर रोन्डा ब्ल्याकमोरले सास्काचेवानमा हिरासतमा लिँदा उनलाई उपचार आवश्यक रहेको बताइन्। तर उनले मिल्स स्यान्डरसनको मृत्युको कारणबारे थप केही खुलाउन अस्वीकार गरिन् ।

पोष्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने उनले बताइन् । तर, अर्का एक अधिकारीले चोटका कारण मृत्यु भएको आफूलाई लागेको सञ्चारमाध्यमलाई बताए ।

यसअघि यी घटनामा संलग्न डेमियन स्यान्डरसनको शव हमलाको एक दिनपछि एउटा घरमा भेटिएको थियो । डेमियन मिल्स स्यान्डसेर्नका दाजु थिए।

प्रहरीका अनुसार स्यान्डरसन मिल्सलाई बुधबार सास्काचेवान प्रान्तको रोस्टरनबाट स्थानीय समय अनुसार दिउँसो ३.३० बजे पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार मिल्सविरुद्ध वर्षौंदेखि कैयौं आपराधिक मुद्दा दर्ता छन् । हिंसाको इतिहास भए पनि जनताले उनलाई जेलबाट रिहा गर्ने निर्णयमा प्रश्न उठाउँदै आलोचना गरिरहेका छन् ।

आइतबार विभिन्न १३ स्थानमा भएका आक्रमणमा १० जनाको मृत्यु भएको थियो भने १८ जना घाइते भएका थिए । घाइतेमध्ये १० जना अझै अस्पतालमा छन् । जसमध्ये तीन जनाको अवस्था चिन्ताजनक रहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *