समुद्रमा घुम्न गएकी एक महिलाको शार्कको आक्रमणबाट मृत्यु

डिसी नेपाल
२३ भदौ २०७९ १२:३८
100
Shares

नासाउ। बहामासमा आफ्नो परिवारसँग समुद्रमा घुम्न गएकी एक अमेरिकी महिलाको सार्ककको आक्रमणमा मृत्यु भएको छ। अमेरिकी राज्य पेन्सिल्भेनियाकी ५८ वर्षीया महिलालाई बहामियाको राजधानी नासाउ नजिकै रहेको ग्रीन केको पानीमा मंगलबार दिउँसो सार्कले आक्रमण गरेको बहामियन प्रहरीले जनाएको छ।

‘टुर अपरेटरहरू र परिवारका सदस्यहरूले महिलालाई बचाउने प्रयास गरे’ प्रहरीले एक विज्ञप्तिमा भनेको ‘यद्यपि, तिनीहरू असफल भए जसको कारण महिलाको शरीरको देब्रे भागमा गम्भीर चोट लागेको थियो’, प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उनलाई समुद्रबाट बाहिर ल्याउदा उनी मृत भइसकेको प्रहरीले जनाएको छ। सार्कले महिलामाथि गरेको आक्रमणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *