क्यानडामा छुरा प्रहारः दोस्रो संदिग्धको पनि मृत्यु

डिसी नेपाल
२३ भदौ २०७९ १३:५२
228
Shares

ओटाबा। क्यानडामा १० जनाको मृत्यु र १९ जना घाइते हुने गरी भएको छुरा प्रहार गर्ने दोस्रा संदिग्धको मृत्यु भएको छ। उनी प्रहरी नियन्त्रणमा थिए । ३२ वर्षीय माइल्स स्यान्डरसनको गिरफ्तारपछि मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

उनको मृत्युबारे प्रहरीले थप विवरण दिएको छैन। एक अज्ञात अधिकारीले यसअघि स्यान्डरसनको मृत्यु आत्मघाती चोटका कारण भएको बताएका थिए।

यसैबीच छुरा प्रहारका घाइतेमध्ये १० जनाको अवस्था गम्भीर छ। आक्रमणमा मारिएका अधिकांश संदिग्ध आक्रमणकारी जेम्स स्मिथ क्री नेसन आदिवासी समुदायका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *