मुम्बइमा आतंकवादीको चिहानका विषयमा ठूलो विवाद
काठमाडौं । भाजपा नेता राम कदमले १९९३ को मुम्बई विस्फोटमा दोषी ठहरिएपछि मृत्युदण्डको सजाय पाएका याकुब मेमनको चिहानलाई मजारमा परिणत गरेको दावी गर्दै उद्धव ठाकरेको आलोचना गरेका छन्।
मुम्बईको घाटकोपर पश्चिमका विधायक राम कदमले ट्विटमा यस्तो जानकारी दिएका हुन् । महाराष्ट्रका पूर्व मुख्यमन्त्री उद्धव ठाकरेको देशभक्ति र मुम्बईप्रतिको प्रेममाथि प्रश्न गर्दै उनले ठाकरे मुख्यमन्त्री हुँदा मेमनको चिहानलाई मजारमा परिणत गरिएको दाबी गरे।
उनले भने, ‘उद्धव ठाकरे मुख्यमन्त्री हुँदा पाकिस्तानको आदेशमा मुम्बईमा सन् १९९३ मा बम विष्फोट गर्ने डरलाग्दो आतंकवादी याकुब मेमनको चिहानलाई मजारमा परिणत गरिएको थियो। यही हो उनको मुम्बईप्रतिको माया, यही हो उनको देशभक्ति ।’
उधव ठाकरे मुख्यमंत्री थे .उस क़ाल में मुंबई में पाकिस्तान के इशारे पर 1993 में बंबकांड करने वाला ख़ूँख़ार आतनवादी याकूब मेमन की कबर मझार में तब्दील हो गयी .
यही है इनका मुंबई से प्यार , यही इनकी देश भक्ती ?उधव ठाकरे समेत शरद पवार तथा राहुल गांधी माफ़ी माँगे मुंबई की जनता की pic.twitter.com/TAQNhBb36G
— Ram Kadam (@ramkadam) September 7, 2022
राम कदमले उद्धव ठाकरे, शरद पवार र राहुल गान्धीलाई यस्तो हुन दिएकोमा मुम्बईका जनतासँग माफी माग्न भनेका छन्। राम कदमले यस ट्विटमा पहिले र आजका चार तस्बिर पनि सार्वजनिक गरेका छन् ।
यी तस्विरहरूमा याकुब मेमनको चिहान वरिपरि मार्बल जडान गरिएको देखिन्छ । साथै, एलईडी बत्तीको राम्रो प्रकाशको व्यवस्था पनि गरिएको छ। तर, राम कदमको ट्विटपछि मुम्बई पुलिसले तुरुन्तै चिहान नजिकको एलईडी बत्ती हटायो।
सन् १९९३ को मुम्बई विस्फोटका दोषी याकुब मेमनलाई सर्वोच्च अदालतले षड्यन्त्रमा संलग्न भएको मानेको थियो। याकुब मेमनमाथि दाउद इब्राहिम र टाइगर मेमनको चरमपन्थी संगठनको आर्थिक मामिला हेरेको आरोप लागेको थियो । सन् २०१३ मा सर्वोच्च अदालतले उनलाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो । त्यसपछि सन् २०१५ मा उनलाई मृत्युदण्ड दिइएको थियो ।







डिसी नेपाल







Facebook Comment