किरात राई पत्रकार संघ खोटाङको अध्यक्षमा असल चरित्र 

डिसी नेपाल
२३ भदौ २०७९ २०:३९

खोटाङ । किरात राई पत्रकार संघ खोटाङको अध्यक्षमा असल चरित्र चयन भएका छन् । बिहीबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको पाँचौँ अधिवेशनबाट असल चरित्र किरात राई पत्रकार संघको अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

संघको उपाध्यक्षमा कृष्णकला राई, सचिवमा योगीन राई, सह–सचिवमा रेमन राई र कोषाध्यक्षमा मेनुका चाम्लिङ चयन भएका छन् । सदस्यमा क्रिष्टिना राई, जीवन चाम्लिङ, राई अशोक, एल्जीना राई, पवित्रा राई र सदीक्षा राई चयन भएका छन् ।

केन्द्रीय प्रतिनिधिमा उजुर राई, सञ्जीव राई, गोमा राई र टिवन राईलाई चयन गरिएको छ । कार्यक्रम निवर्तमान अध्यक्ष गोमा राईको अध्यक्षता, किरात राई पत्रकार संघका केन्द्रीय अध्यक्ष भीम राईको प्रमुख आतिथ्यता एवं किरात राई यायोक्खाका जिल्ला सचिव युगसन किरातको विशेष आतिथ्यतामा सम्पन्न भएको हो । उद्घाटन–सत्रमा नेपाल आदिवासी जनजाति समन्वय परिषद्का अध्यक्ष फुर्वा शेर्पा, एलबी मगर, डारविन चाम्लिङ लगायतका अतिथिको उपस्थिति रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *