उत्तर कोरियाद्वारा आणविक हतियार सम्पन्न राष्ट्र घोषणा

डिसी नेपाल
२५ भदौ २०७९ ९:१८
480
Shares

साेल। उत्तर कोरियाले आफूलाई आणविक हतियार सम्पन्न राष्ट्र घोषणा गरेको छ। प्योङयाङले आफूलाई आणविक हतियार सम्पन्न राष्ट्र घोषणा गर्ने कानुन पारित गरेको सरकारी समाचार संस्था केसीएनएले जनाएको छ।

देशका नेता किम जोङ–उनले निर्णयलाई “अपरिवर्तनीय“ भन्दै आणविक निशस्त्रीकरणमा हुने वार्ताको सम्भावनालाई अस्वीकार गरे। प्रतिबन्धहरूको बावजुद प्योङयाङले सन् २००६ देखि सन् २०१७ को अवधिमा ६ वटा परमाणु परीक्षणहरू गरेको छ।

उसले आफ्नो सैन्य क्षमतालाई अगाडि बढाउन जारी राखेको छ। संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावहरूको उल्लंघन गर्दै उसले बारम्बारे आफ्ना छिमेकीहरूलाई आणविक धम्की दिँदै आएको छ।

किमले तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर वार्तापछि सन् २०१९ मा लामो दूरीको हतियार प्रक्षेपण र आणविक परीक्षण गरेका थिए। त्यसपछि दुई देशबीचको आणविक वार्ता रोकिएको छ।

बाइडेन प्रशासनले प्योङयाङसँग वार्ता गर्न इच्छुक रहेको संकेत गरेको भए पनि राष्ट्रपति जो बाइडेनले किमलाई भेट गर्ने वा नगर्ने विषयमा केही भनिएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *