उडिरहेको विमानमा युवकले गरे कुटपिट, त्रसित यात्रु रूँदै ट्वाइलेटमा लुके

डिसी नेपाल
२५ भदौ २०७९ १०:१४
372
Shares

काठमाडौं । उडानका क्रममा मादक पदार्थ सेवन गरेका २२ वर्षीय यात्रुले ठूलो बबाल मच्चाए । उनको व्यवहारका कारण उडान डाइभर्ट गर्नुपरेको थियो । उनको डरले केही यात्रु शौचालयमा लुक्न बाध्य भए ।

मादक पदार्थ सेवन गरेका यात्रुले धेरैलाई मुक्का हाने, थुके, लात हाने । यस क्रममा धेरै महिलाहरु घाइते पनि भएका छन् । प्रत्यक्षदर्शीका अनुसार उक्त व्यक्तिले उडानमा थप मदिराको माग गरे तर उनको माग पूरा नभएपछि उनी रिसाए ।

‘द सन’का अनुसार एन्थोनी म्याक्सटेडको कारबाहीका कारण इजीजेटको उडान सेप्टेम्बर २ मा ग्रीसको थेसालोनिकीमा अवतरण गर्नुपरेको थियो । लन्डनबाट ग्याटविक (ग्रीस) जाँदै गर्दा घटना भएको थियो ।

डाइभर्ट गरेर विमान अवतरण गर्दा प्रहरीले उनलाई पक्राउ गरेको थियो । त्यसपछि उनलाई अदालतमा पेश गरियो । आफ्नो कार्यको पछाडि अनौठो तर्क दिँदै उनले लामो समयपछि परिवारलाई भेट्न साइप्रस जाँदै गरेको भन्दै आफु नर्भस भएको बताए ।

ती व्यक्तिले अदालतबाट जमानत पाएका छन्, तर उनी ग्रीसको अदालतमा सुनुवाइका लागि उपस्थित हुनैपर्छ।

विमानमा यात्रा गरिरहेका यात्रुले घटनाको विस्तृत विवरण दिए । एन्थोनीले सहयात्रुलाई लगातार गाली गर्ने र चर्को स्वरमा कराउने गरेको उनले बताए । एन्थोनीको कारबाही यहीँ रोकिएन, उनले सहयात्रीमाथि पनि आक्रमण गरे ।

एक प्रत्यक्षदर्शीले भने कि एन्थोनीले उडानमा रक्सी मागे, उडान परिचरले उनलाई शान्त रहन भने। तर, उनी मानेनन् । हावामा उडिरहेको उडानमा उनले धेरै बबाल गरे। चालक दलका सदस्य र अन्य यात्रुले उनलाई नियन्त्रण गर्ने प्रयास गरेका थिए । तर, उसले सबैलाई कुटिरहे ।

प्रत्यक्षदर्शीका अनुसार एन्थोनीले महिलालाई लात हानेर मानिसमाथि थुकिरहेका थिए । उनले लापरवाहीपूर्वक यता उता मुक्का हाने । एन्थोनीको कार्य देखेर धेरै यात्रु रुन थालेको प्रत्यक्षदर्शीले बताए । उनको यो कार्य देखेर कतिपयले आफूलाई शौचालयभित्र लुकाएका पनि थिए ।

एक यात्रुले भने कि पछि एन्थोनीलाई ६ जनाले नियन्त्रण गरेका थिए, उडान अवतरण गरेपछि पुलिस आएर उनलाई लगे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *