खाना खाएर पैसा नतिर्ने महिलाले भनिन् ‘राम्री भएका कारण पक्राउ परेँ, प्रहरीले बलात्कार गर्न खोज्यो’
काठमाडौं । विमानस्थलको एक होटलमा खाना खाएर एक महिलाले बिल नतिरेको आरोप लागेको छ । प्रहरीले त्यहाँ पुगेर उनलाई पक्राउ गरेको थियो । त्यसपछि महिलाले आफूलाई प्रहरीले बलात्कार गर्न खोजेको दाबी गरिन् ।
घटना अमेरिकाको हो । महिलाको नाम हेन्द बस्तामी हो। उनी २८ वर्षकी छिन् । उनी आतिथ्य व्यवसायी हुन् । यसअघि उनी एउटा भांग कम्पनीको ब्रान्ड एम्बेसडर पनि भइसकेकी छिन् । केटिएलए डटकमको रिपोर्ट अनुसार बस्तामीलाई गत हप्ता ह्यारी रीड अन्तर्राष्ट्रिय विमानस्थलबाट दुर्व्यवहारको आरोपमा पक्राउ गरिएको थियो।
लस भेगास मेट्रोपोलिटन पुलिसले उनीहरूलाई रिपोर्ट प्राप्त भएको बताए। ती महिलाले एयरपोर्ट भित्र रहेको चिलीज रेष्टुरेन्टमा खाना खाएको तर उनले पैसा नतिरेको प्रहरीले जनाएको छ । प्रहरी अधिकारीहरू विमानस्थलमा पुग्दा बस्तामीलाई सुरक्षा चौकी नजिकै झगडा गरिरहेको देखे ।
अधिकारीहरुले बस्तामीलाई नियन्त्रणमा लिएका छन् । ती महिलाले थुक्ने धम्की दिएर दुर्व्यवहार समेत गरेको प्रहरीले जनाएको छ । यस क्रममा महिलाले यस्तो सुन्दर महिलालाई नदेखेका कारण प्रहरीले आफूलाई बलात्कार गर्न खोजेको दाबी गरिन् ।
यो घटना अगस्ट ३१ को हो । बस्तामीको खोजीमा लस भेगास महानगरीय प्रहरी विमानस्थलमा आइपुगेको थियो । बास्तामी विरुद्ध लस भेगास म्युनिसिपल कोर्ट वारेन्ट पनि थियो।
तर, बस्तामी प्रहरीको नियन्त्रण बाहिर गएकी थिइन् । तर बस्तामीविरुद्ध उजुरी आएलगत्तै प्रहरी उनलाई पक्राउ गर्न पुग्यो । रिपोर्टका अनुसार बस्तामी पक्राउ पर्दा मादक पदार्थ सेवन गरेकी थिइन् ।
बस्तामीलाई पक्राउ गरी क्लार्क काउन्टी डिटेन्सन सेन्टरमा राखिएको छ । उनी १ हजार डलरको जमानतमा रिहा हुन सक्छिन्। बस्तामीलाई सेप्टेम्बर २७ मा अदालतमा पेश गरिने छ ।







डिसी नेपाल







Facebook Comment