महाभियोग सिफारिस समितिको बैठक सुरु, बैठकमा वरिष्ठ अधिवक्तासँग छलफल जारी

डिसी नेपाल
३० भदौ २०७९ १६:०९

काठमाडौं । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिको बैठक सुरु भएको छ । बैठकमा वरिष्ठ अधिवक्ता समेत उपस्थित भएका छन् । बैठकमा समितिले वरिष्ठ अधिवक्ताहरू पूर्णमान शाक्य‚ हरिहर दाहाल‚ शम्भु थापा‚ चण्डेश्वर श्रेष्ठ‚ रमन श्रेष्ठ‚ अधिवक्ताहरू ओमप्रकाश अर्याल र लिलामणि पौडेलसँग छलफल गरिरहेको छ ।

बैठकमा सर्वोच्च अदालतका ४ पूर्वप्रधानन्यायाधीशहरू भने नजाने भएका छन् । समितिले बिहीबार दिउँसोका लागि बोलाएको बैठकमा पूर्वप्रधानन्यायाधीहरू मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की नजाने भएका हुन् । आफूहरूले यसबारे आफ्नो धारणा लिखित रूपमै सार्वजनिक गर्ने पूर्वप्रधानन्यायाधीश शर्माले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *