रेशम चौधरीलाई जेलमुक्त गर्ने सरकारको तयारी

डिसी नेपाल
३० भदौ २०७९ २२:२२
1.2k
Shares

काठमाडौं । सरकारले टीकापुर हत्या काण्डसम्बन्धी मुद्दा खारेजीको प्रकृया शुरु गरेको छ । निर्वाचन अघि नै टिकापुर हत्याकाण्डको मुद्धा फिर्ता लिएर रेशम चौधरीलाई जेल मुक्त गर्ने तयारी गरेको हो ।

भदौ २७ गते बसेको मन्त्रिपरिषदको बैठकले टीकापुर घटना सम्बन्धमा कानुन संशोधन गरी मुद्दा खारेज गर्ने निर्णय गरेको हो ।‘ रेशम चौधरीलाई जेलमुक्त गर्ने गरी टिकापुर हत्याकाण्डको मुद्धा फिर्ता गर्ने निर्णय भएको हो’, एक मन्त्रीले भने । उनका अनुसार त्यसका लागि गृहमन्त्रालयलाई पत्रचार पनि गरिसकेको छ ।

यसको साथै सरकारले विप्लव समूह र स्वतन्त्र समूहको मुद्दा खारेजी प्रक्रिया पनि अगाडि बढाउने निर्णय गरेको छ ।

‘टिकापुर भन्ने मात्र होइन थरुहट आन्दोलन लगायतका केही विषयहरुमा सरकारले मुद्धा फिर्ताको प्रकृया अघि बढाउन लागेको हो यो अघिल्लो सरकारको निर्णयको निरन्तरता मात्रै हो’, गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले भने ।

थरुहट थारुवान संयुक्त संघर्ष समिति र तत्कालीन केपी ओली नेतृ्त्वको सरकारबीच २०७८ जेठ १८ गते ६ बुँदे सहमति भएको थियो । सहमतिमा थरुहट थारुवान आन्दोलनका क्रममा टीकापुरमा भएको घटनामा आरोपित थारु कल्याणकारिणी सभाका सभापति धनिराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरीलगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि पहल गर्ने उल्लेख थियो ।

२०७२ भदौ ७ मा कैलालीको टीकापुरमा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा प्रहरी वरिष्ठ उपरीक्षक सेती अञ्चलका प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका ५ जना तथा सशस्त्रका २ र १ दूधे बालकसहित ८ जनाको मृत्यु भएको थियो ।

टीकापुर घटनामा जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले मुख्य अभियुक्त भनिएका रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *