फिलिपिन्समा कोभिडबाट एकैदिन २१ सय संक्रमित

डिसी नेपाल
१ असोज २०७९ ७:२२
16
Shares

मनिला। फिलिपिन्समा कोभिडबाट दुई हजार १ सय जना संक्रमित भएका छन्। योसँगै कोभिडबाट ३९ लाखभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । त्यस्तै, कोभिडबाट एकै दिन ३१ जनाको ज्यान गएको छ।

अहिलेसम्म फिलिपिन्समा कोभिडबाट ६२ हजारभन्दा बढीको मृत्युभएको छ। राजधानी मनिला कोभिडबाट सबैभन्दा बढी प्रभावित छ। फिलिपिन्समा जनवरीमा एकै दिन ३९ हजार संक्रमित फेला परेका थिए। तर, अहिले भने दैनिक दुई हजार जनाको हाराहारीमा संक्रमित भेटिने गरेका यहाँको स्वास्थ्य विभागले जानकारी दिएको छ।

फिलिपिन्समा अहिलेसम्म ७२ दशमलब ८ प्रतिशत नागरिकले कोभिडविरुद्धको पूूर्ण खोप लगाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *