नेपाली चेली सराहना श्रेष्ठलाई जिताउन विशेष अन्तरक्रिया कार्यक्रम

डिसी नेपाल
१ असोज २०७९ ८:३१

अमेरिका। आगामी नोभेम्बरमा न्यूयोर्क स्टेट १०३, डिस्ट्रिक्ट मिड हडसन भ्यालीमा हुन गइरहेको एसेम्बली जेनेरल चुनाबमा उम्मेदवारी घोषणा गरेकी नेपाली चेली सराहना श्रेष्ठसँग विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ।

ड्रम संगठनको भगिनी इकाई ज्याक्सन हाईटमा स्थित ड्रम बिट्सले ९ सेप्टेम्बरमा श्रेष्ठसँग नेपाली समुदायको अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो।
उक्त कार्यक्रमको आयोजना डोल्मा लामाले गरेकी थिइन्।

ड्रम बिट्सले ड्रम संगठनको भगिनी इकाइको हैसियतले नेपालीको हरेक समस्याहरुलाई शसक्त रुपमा उठाइरहेको छ। ड्रम बिट्स संगठनले दक्षिण एसिया र इन्डो–क्यारेबियन समुदायको मजदुर बर्गमा राजनीतिक शक्ति निर्माण गर्नको निमित्त काम गर्दै आएको छ।

सो कार्यक्रमको उद्देश्य आगामी नोभेम्बर महिनामा न्युयोर्क स्टेट एसेम्बली डिस्ट्रिक १०३, मिड हड्सन भ्यालीमा हुँन गईरहेको जेनेरल चुनाबको प्रतिस्पर्धामा उत्रेकी उम्मेदवार नेपाली चेली सराहाना श्रेष्ठलाई जिताउनु रहेको थियो।

ड्रम बिट्स टिम, कम्युनिटी भोलेन्टियर्स, ल्पानिङ टिम, सम्पूर्ण नेपाली मिडिया, सामाजिक अभियन्ता, सामाजिक आयोजकको साथै डिस्ट्रिक ३६ एस्टोरिया क्षेत्रबाट बिधानसभाको सदस्य जोहराम मामदानी र डिस्ट्रिक ३० बाट विधानसभा सदस्य उम्मेदवार स्टेभन रागा समेत उपस्थित थियो।

कार्यक्रममा खुल्ला रुपमा सामाजिक न्याय, मानब अधिकार, आर्थिक भेदभाब सम्बन्धमा चर्चा परिचर्चा गरिएको थियो। कार्यक्रममा उपस्थितले आफ्नो भनाइ राखेका थिए।
सामाजिक कार्यकर्ता छिरिङ लामा योन्जन (भोइस फोर युथ), सामाजिक अभियानता केशब राम राई र ड्रम बिट्सका लिडर सदस्य गीता अधिकारीले आफ्नो धारणा व्यक्त गरका थिए।

ड्रम बिट्सको लिडर सदस्य गीता अधिकारीले भनिन्, ‘संगठन बलियो बनाउनका लागि यहाँ उपस्थित हामी सबैले काँधमा काँध मिलाई लगनशिलताका साथै निरन्तर अगाडि बढ्नु नितान्त आबश्यकता छ। जसरी सराहानाले डिस्ट्रिक १०३ मा समुदायलाई संगठित गर्नुभयो र त्यसबाट शक्तिमा आउनु भयो। त्यसरी नै हामी पनि संगठित हुनु पर्नेछ।’ आगामी निर्वाचनमा सराहाना श्रेष्ठलाई अधिकतम मतले बिजयी गराउन सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरिएको छ।

सरहानालाई चुनाव जिताउनका लागि आर्थिक सहयोग गर्न इच्छुक हुनुहुन्छ भने तपाईं सीधा सारानाको अभियानमा योगदान गर्न सक्नुहुन्छ।

https://secure.actblue.com/donate/drumbeat




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *