माछाको जीवाश्मभित्र संसारकै सबैभन्दा पुरानो मुटु भेटियो

डिसी नेपाल
१ असोज २०७९ १०:२६
180
Shares

काठमाडौं । अष्ट्रेलियामा भेटिएको माछाको जीवाश्ममा विश्वको सबैभन्दा पुरानो मुटु फेला परेको छ । चर्चित जर्नल ‘साइन्स’ मा प्रकाशित अनुसन्धानमा यस मुटुको उमेर करिब ३८ करोड वर्ष रहेको बताइएको छ ।

अन्वेषकहरूका अनुसार यस जीवाश्ममा पाइएको मुटु माछा मात्र नभई मानिस लगायत सबै प्राणीहरूमा सबैभन्दा पुरानो हो। उनीहरूका अनुसार जीवित प्राणीहरूमा हृदयको विकास यात्रा यसै जीवाश्मबाट पत्ता लगाइएको छ।

पश्चिमी अस्ट्रेलियाको उत्तरी केप प्रान्तको किम्बर्ली नजिकै भेटिएको चट्टानमा ‘गोगो’ नामक अहिले लोप भैरहेको यो माछाको जीवाश्म सुरक्षित भेटिएको छ ।

पर्थको कर्टिन युनिभर्सिटीका प्रोफेसर केट ट्रिनास्टिकले बीबीसीलाई भनिन् कि जब उनले मुटु धेरै पुरानो भएको थाहा पाउँदा पत्याउन सकिनन्।

उनका अनुसार त्यो क्षण साँच्चै अविश्वसनीय थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *