जंगलमा सयौंको संख्यामा चिहानको लश्कर भेटिएपछि…
काठमाडौं । युक्रेनले हालै मुक्त गरेको रुसी सहर इज्युम नजिकैको जङ्गलमा सयौं चिहान भेटिएको जनाएको छ । युक्रेनी प्रशासनका अनुसार शुक्रबारदेखि केही चिहानको उत्खनन सुरु गरिएको छ ।
रुसी सेनालाई धकेल्दै युक्रेनी सेना इज्युम पुग्दा यो सहरबाहिरको जंगलमा यी काठका ‘क्रस’ भेटिएको बताइएको छ ।
यद्यपी यी चिहानमा गाडिएका मानिसको मृत्यु कसरी भयो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन । यद्यपि यीमध्ये धेरैको गोली हानी वा स्वास्थ्य सुविधा नहुँदा मृत्यु भएको प्रारम्भिक जानकारीमा आएको छ ।
युक्रेनको राष्ट्रिय प्रहरी सेवा प्रमुख इहोर क्लिमेन्कोले पत्रकार सम्मेलनमा यी चिहानमा गाडिएका अधिकांश सर्वसाधारण नागरिक रहेको बताए ।
उनले तीमध्ये केही सैनिक हुन सक्ने बताए पनि अहिलेसम्म कुनै पनि सैनिकको शव फेला परेको छैन । यसअघि युक्रेनी प्रशासनले बीबीसीलाई उक्त ठाउँमा ४०० भन्दा बढी शव गाड्न सकिने बताएको थियो ।
संयुक्त राष्ट्रसंघले आगामी केही दिनमा सहरमा अनुगमन टोली पठाउने आशा गरेको छ ।
संयुक्त राष्ट्र मानवअधिकार परिषद्का प्रवक्ताले मृतकमध्ये सर्वसाधारण वा सैनिक छन् कि छैनन् भन्ने विषयमा अनुसन्धान भइरहेको बताए । उनले मृत्युको कारणबारे अनुसन्धान गरिने पनि बताए ।
रुसी सेनाले युक्रेनसँगको लडाइँ सुरु भएको प्रारम्भिक दिनहरूमा इजियम कब्जा गरेको थियो। पूर्वी क्षेत्रमा सेना लैजान इस्युमको प्रयोग भइरहेको बताइएको छ ।







डिसी नेपाल







Facebook Comment