शाहबाज शरीफलाई देखेर पुटिन किन हाँसे ? पाकिस्तानीहरूले पनि मजा लिँदै
काठमाडौं । उज्वेकिस्तानमा भएको एससीओ बैठकका क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफबीच द्विपक्षीय भेटवार्ता भएको थियो र दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउने विषयमा छलफल भएको थियो । जब दुबै देशका प्रमुखहरू भेटको तयारीमा थिए, त्यतिबेला शाहबाज सरिफलाई यस्तो भयो कि पुटिन हाँसे।
पुटिनले शाहबाज शरीफलाई लिएर हाँसेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, त्यसपछि इमरान खानका समर्थकहरूले शाहबाज शरीफलाई तिब्र रुपमा ट्रोल गरिरहेका छन् ।
भाइरल भइरहेको भिडियोमा शरिफ र पुटिन बैठकअघि कुर्सीमा बसेको देख्न सकिन्छ । पुटिनसँगको वार्तालाप सुरु गर्नुअघि पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले आफ्नो माइक इयरफोन लगाउने प्रयास गरिरहेका छन्, तर असमर्थ छन्।
पुटिन लगातार उनलाई हेरिरहेका छन्, शाहबाज शरीफ आफ्नो कानमा इयरफोन फिट गर्न कोशिस गर्दै छन् तर त्यसो गर्न असमर्थ छन्। इयरफोन जडान गर्नका लागि, प्रधानमन्त्री शाहबाज शरीफले त्यहाँ उपस्थित अर्का व्यक्तिलाई इयरफोन लगाउन आग्रह गरे। यस क्रममा शाहबाज शरीफलाई इयरफोन लगाएको देखेर, पुटिन हँसिलो अनुहारका साथ आफ्नो हाँसो नियन्त्रण गरिरहेका देखिएका छन्।
शाहबाज शरीफको भिडियोमा इमरान खानका समर्थकहरूले निकै रमाइलो लुटिरहेको बताएका छन् । धेरैले शाहबाज शरीफलाई पाकिस्तानको मिस्टर बीन समेत भनेका छन् ।
भिडियोमा एक प्रयोगकर्ताले भनेका छन्, ‘यो देखेर मलाई मिस्टर बीनको याद आयो । उनले यस्ता काम आफ्ना दर्शकका लागि गर्थे, यिनले आफ्ना जनताका लागि गर्दैछन् । अर्का पाकिस्तानी प्रयोगकर्ताले लाजको कारणले पूरै भिडियो क्लिप पनि हेर्न नसकेको बताएका छन् ।







डिसी नेपाल







Facebook Comment