एससीओ शिखर सम्मेलनमा सी जिनपिङले के-के कुरामा जोड दिए?

डिसी नेपाल
१ असोज २०७९ १३:१०

काठमाडौं । उज्वेकिस्तानको समरकन्दमा भएको सांघाई सहयोग संगठन (एससीओ) बैठकपछि चिनियाँ राष्ट्रपति सी चिनपिङ र अन्य नेताहरूले यसका उपलब्धिबारे छलफल गरेका छन्।

हालको विश्वव्यापी परिवेशलाई ध्यानमा राख्दै यस बैठकले क्षेत्रीय राष्ट्रको मात्र नभई अन्तर्राष्ट्रिय समुदायको स्थायित्व र विकासका लागि साझा प्रयास गर्ने सहमति भएको छ ।

चीनको सत्तारुढ कम्युनिष्ट पार्टीको मुखपत्र मानिने ग्लोबल टाइम्सका अनुसार, ‘चिनियाँ राष्ट्रपतिले शुक्रबार एससीओको बैठकमा भाग लिएर आफ्नो वक्तव्यमा एससीओले आफ्नो महत्त्वलाई कायम राखेको मात्र नभएर अन्तर्राष्ट्रिय संघसंस्थाको विकासमा नयाँ अवसर पनि प्रदान गरेको बताए।’

प्राथमिकताहरू गणना गर्दै सी चिनफिङले शाङ्घाई सदस्य राष्ट्रहरूले कूटनीतिक स्वतन्त्रता र क्षेत्रीय स्थायित्वको रक्षा गर्दै, विकास सहयोग प्रवर्द्धन गर्न समावेशी र साझा लाभका लागि अघि बढ्दै शाङ्घाई भावनालाई समर्थन गर्ने र ऐक्यबद्धता र सहयोग कायम राख्ने साथै एससीओको विस्तार र संगठनको संस्थाहरुको सुदृढीकरणको प्रक्रियाको लागि पनि तयार रहेको उल्लेख गरे। ।

शुक्रबार, एससीओ सदस्यहरूले समरकन्द घोषणापत्रमा हस्ताक्षर गरे र जलवायु परिवर्तनलाई चुनौती दिन र विश्वव्यापी खाद्य सुरक्षा र ऊर्जा सुरक्षाको साथ सुरक्षित, स्थिर र विविध आपूर्ति श्रृंखला कायम राख्न सहमत भए।

बेल्ट एण्ड रोड रिसर्च सेन्टरका कार्यकारी निर्देशक र लान्झाउ विश्वविद्यालयको अफगान अध्ययन केन्द्रका निर्देशक हु योङबाओले ग्लोबल टाइम्सलाई भने कि समरकन्द घोषणाका उपयोगी विशेषताहरूले एससीओ क्षेत्रीय संगठनको छविबाट सर्दै गएको देखाउँछ। घोषणापत्रको महत्त्वपूर्ण पक्ष भनेको सबै सदस्यहरूले आतंकवाद विरुद्धको अभियानमा साझा प्रयासमा जोड दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *