रूसी राष्ट्रपति पुटिनको हत्या प्रयास !
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि घातक हमला भएको छ तर उनी पूर्णरुपमा सकुशल छन् । घर नजिकै पुग्दा उनको गाडीको बाटो रोकेर हमला भएको थियो । यस घटनामा धेरै जना पक्राउ परेका छन् र राष्ट्रपतिको सुरक्षामा खटिएका धेरै कर्मचारी निलम्बनमा परेका छन् ।
पुटिनमाथि यस्तो घातक हमला भएको यो पहिलो पटक भने होइन। सन् २०१७ मा ५ वटा घातक हमलामा कसरी ज्यान जोगियो भन्ने जानकारी उनले नै दिएका थिए ।
युरोवीकलीको समाचार अनुसार राष्ट्रपति भ्लादिमिर पुटिनको कारको अगाडिको बायाँ पाङ्ग्रा कुनै चीजसँग निकै जोडले ठोक्किएको थियो । उनी आफ्नो घरबाट केही किलोमिटर मात्र टाढा थिए, जब एम्बुलेन्सले उनको सुरक्षा गरिरहेको कारको बाटो रोक्यो। एक्कासी अवरोधका कारण सुरक्षाको अर्को गाडी अल्मलियो ।
रूसमा मिडियालाई कडा निगरानीमा राखिने भएकोले पुटिनमाथि यो आक्रमण कहिले भयो भन्ने स्पष्ट छैन। तर युरोवीकलीले पुटिनमाथि आक्रमण हुने सम्भावना बढ्दो भएकोले उनले डिकोय मोटरकेडमा यात्रा गर्ने बताएको छ।
राष्ट्रपतिको सुरक्षामा खटिएका धेरै सैनिक र अधिकृतलाई निलम्बन गरिएको आन्तरिक स्रोतले जानकारी दिएको छ । योसँगै केहीलाई पक्राउ पनि गरिएको छ, किनभने राष्ट्रपतिको गतिविधिबारै निकै कमलाई मात्र थाहा हुन्छ । यद्यपि, यी दावीहरूको पुष्टि हुन बाँकी छ।







डिसी नेपाल







Facebook Comment