इजरायलले दमास्कस अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई हमला गर्‍यो

डिसी नेपाल
१ असोज २०७९ १५:१०

काठमाडौं । सिरियाले आफ्नो राजधानीको दक्षिणमा दमास्कस अन्तर्राष्ट्रिय विमानस्थल लगायतका लक्ष्यहरूमा इजरायलले हवाई आक्रमण गरेको जनाएको छ, जसमा पाँच सैनिक मारिएका छन्।

सिरियाको रक्षा मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ कि उसको वायु रक्षा प्रणालीले इजरायलले प्रहार गरेको क्षेप्यास्त्रलाई रोकेको छ र अधिकांश मिसाइलहरू बाटोमा नै नष्ट भएको छ।

यस हवाई हमलाबाट दमास्कस अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन अवरुद्ध भएको हो वा होइन भन्ने पुष्टि भएको छैन।

यद्यपि इजरायली सेनाले विदेशी रिपोर्टहरूमा टिप्पणी नगरेको मात्र बताएको छ। हालैका दिनहरूमा सिरियाली विमानस्थलहरूमा इजरायलको आक्रमण बढेको छ। यी आक्रमणहरूको कारण इरानले पठाइने आपूर्ति रोक्नु हो।

समाचार एजेन्सी रोयटर्सको रिपोर्टका अनुसार इरानले सिरिया र लेबनानका आफ्ना सहयोगीहरूलाई हतियार आपूर्ति गर्छ, जसमा हिजबुल्लाह पनि छ।

तेहरानले सिरियामा आफ्ना सहयोगीहरूलाई हतियार आपूर्ति गर्न हवाई यातायात प्रयोग गर्न थालेको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *