पाकिस्तानको बाढीमा डेढ करोड बालबालिका प्रभावितः युनिसेफ

डिसी नेपाल
२ असोज २०७९ ९:०३
60
Shares

इस्लामाबाद। पाकिस्तानमा आएको बाढीबाट १ करोड ६० लाख बालबालिका प्रभावित भएका छन्। प्रभावितमध्ये ३४ लाखलाई तत्काल सहयोगको आवश्यकता पर्ने राष्ट्रसंघले जनाएको छ। बाढी प्रभावित क्षेत्रको अवस्था निकै नाजुक रहेको र कुपोषित बालबालिकाले झाडापखला, डेंगु ज्वरो र धेरै छालासम्बन्धी रोगसँग जुधिरहेको राष्ट्रसंघीय बाल कोष (युनिसेफ)का प्रतिनिधि अब्दुल्लाह फदिलले बताएका छन्।

बाढी प्रभावित सिन्ध प्रान्तमा दुई दिने भ्रमण गरेका फदिलले बाढीका कारण ५२८ बालबालिकाको ज्यान गएको जानकारी दिए । बाढीलाई टार्न सकिने उनको भनाइ थियो।

‘यी प्रत्येक मृत्यु एक त्रासदी हो जुन टार्न सकिन्थ्यो’, उनले भने, ‘एक अनुमानित १ करोड ६० लाख बालबालिकाहरू बाढीबाट प्रभावित भएका छन् र कम्तिमा ३४ लाख बालबालिका तत्काल, जीवन बचाउने सहयोगको खाँचो छ।’ बाढी प्रकोपको परिमाण बढ्दै जाँदा अन्तराष्ट्रिय सहायता पनि भित्रिने क्रम जारी छ। बाढी प्रभावित पाकिस्तानलाई चीन, बेलायत, क्यानडाल जापान गायतका देशहरुले सहयोग प्रदान गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *