महारानीको अन्तेष्टिमा ५०० राष्ट्र प्रमुख र विशिष्ट अतिथि सहभागी हुने

डिसी नेपाल
२ असोज २०७९ १०:४९

वासिंगटन। अमेरिकी राष्ट्रपति जो बाइडेन महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिअघि लन्डन पुगेका छन्। महारानीको अन्तेष्टिमा सहभागी हुन आउने करिब ५०० राष्ट्र प्रमुखहरू र विदेशी विशिष्ट व्यक्तिमध्ये बाइडेन पनि हुन्।

यसअघि क्यानडा, अष्ट्रेलिया र न्युजिल्याण्डका प्रधानमन्त्रीहरु यसअघि नै बेलायतमा छन्। साउदी युवराज मोहमद बिन सलमानलगायतका केही अतिथिलाई बोलाइएको विषयमा विवाद बढेको छ। अन्तेष्टि समारोहमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघे र भारतीय राष्ट्रपति दौपदी मुर्मु सहभागी हुनेछिन्।

त्यस्तै, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँ, जर्मन राष्ट्रपति फ्रान्क–वाल्टर स्टाइनमेयर र इटालीका राष्ट्रपति सर्जियो माटारेला पनि सहभागी हुने अपेक्षा गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *