चेहलममा इराकको कर्बलामा ठूलो संख्यामा सिया मुस्लिम भेला, इरानबाट पनि आए श्रद्धालु

डिसी नेपाल
२ असोज २०७९ १०:४७
16
Shares

काठमाडौं । चेहलुमको अवसरमा इराकको धार्मिक सहर कर्बलामा पैगम्बर मोहम्मदका नाति इमाम हुसेनलाई सम्झन लाखौं तीर्थयात्री भेला भएका छन् । त्यसमा सहभागी हुन छिमेकी इरानबाट ठूलो संख्यामा मानिस कर्बला पुगेका छन् ।

समाचार एजेन्सी एएफपीका अनुसार यस अवसरमा त्यहाँ लाखौं मानिस भेला हुने अपेक्षा गरिएको छ। इमाम हुसैनको हत्या ६८० ईस्वीमा मोहरमको दिन भएको थियो। त्यसपछि चेहलुममा ४० दिने शोक कार्यक्रम समापन हुन्छ ।

चेहलम शिया मुस्लिमहरु को लागि शोक को एक महत्वपूर्ण अवसर हो। यस दिन इमाम हुसेन र उनका सहयोगीहरूलाई सम्झन कर्बलामा शिया मुस्लिमहरू अधिकतम संख्यामा भेला हुन्छन्। इराकमा शिया मुस्लिमहरूको आन्तरिक राजनीतिक द्वन्द्वको अलिकति प्रभाव पनि यस घटनामा देखिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *