मध्य एसियामा किर्गिस्तान र ताजिकिस्तानबीच सीमामा भिडन्त, दर्जनौंको मृत्यु

डिसी नेपाल
२ असोज २०७९ ११:०२

काठमाडौं । सोभियत संघका दुई भूतपूर्व घटक राष्ट्र किर्गिस्तान र ताजिकिस्तानले एकअर्कामाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन् । सीमामा हिंसात्मक झडप हुन नदिन दुवै देशले युद्धविराम गर्ने सहमति गरेका थिए । तर शुक्रबार दुवै देशले एकअर्कालाई विवादित सीमामा भारी गोलीबारी गरेको आरोप लगाएका छन् ।

यसैबीच, किर्गिस्तान र ताजिकिस्तानका राष्ट्रपतिबीच शुक्रबार साङ्घाई सहयोग संगठनको सम्मेलनका क्रममा समरकन्दमा भएको भेटपछि सीमा विवाद समाधानका लागि गठित आयोगको कामलाई तीव्रता दिने सहमति भएको बताइएको छ ।

किर्गिजस्तानका अनुसार ताजिक सेनाले शुक्रबार दक्षिणपश्चिम सिमानामा रहेको बाटकेन क्षेत्रमा गोलाबारी गरेको आरोप लगाएको छ । ताजिक सेनाले सीमावर्ती चौकीमा गोलाबारीमा रकेट लन्चर प्रयोग गरेको किर्गिस्तानले पनि आरोप लगाएको छ । किर्गिस्तानको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्तिमा भन्यो: “बटकेन क्षेत्रको अस्पतालमा २४ शव ल्याइएको छ।”

अर्कोतर्फ, ताजिकिस्तानको एक राज्य समाचार पोर्टलले बोर्डर गार्ड सर्भिसलाई उद्धृत गर्दै किर्गिज सेनाले सीमामा आफ्नो स्थिति बलियो बनाउँदै तीनवटा गाउँमा गोली चलाएको बताएको छ। दुई देशबीच करिब ६ सय माइल लामो सिमाना रहेको र यो सीमाको आधा भागमा दुई देशबीच विवाद छ ।

सन् २०२१ मा सीमा विवादलाई लिएर दुई देशबीच हिंसात्मक झडप भएको थियो जसमा ५० जनाको मृत्यु भएको थियो । द्वन्द्व बढ्ने सम्भावना देखेर सीमावर्ती क्षेत्रमा बसोबास गर्ने हजारौं मानिसहरु पलायन हुन बाध्य भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *