चीनले भारत र अमेरिकालाई दियो ठूलो झट्का

डिसी नेपाल
२ असोज २०७९ ११:४७

काठमाडौं । चीनले संयुक्त राष्ट्रसंघमा फेरि भारतको बाटो अवरुद्ध गरेको छ । समाचार एजेन्सी एएनआईका अनुसार अमेरिकाले लश्कर-ए-तैयबाका मोस्ट वान्टेड चरमपन्थी र मुम्बईमा २६/११ हमलाका मास्टरमाइन्डलाई विश्वव्यापी आतंकवादी घोषणा गर्ने प्रस्ताव गरेको थियो। यो प्रस्तावलाई भारतले समर्थन गरेको थियो ।

चीनले संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रतिबन्ध समितिमा चरमपन्थीहरूलाई कालोसूचीमा राख्ने प्रस्तावलाई लगातार रोकेको छ। हालैका महिनाहरूमा चीनले भारत-अमेरिका प्रस्तावमाथि प्रतिबन्ध लगाएको यो तेस्रो पटक हो।

यसअघि चीनले अब्दुल रहमान मक्की, अब्दुल रउफ अजहरलाई प्रतिबन्ध समितिमा ‘सुरक्षा’ दिएको थियो र उनीहरूविरुद्धको प्रस्तावको विरोध गरेको थियो।

चीनको यो कदम शुक्रबार साङ्घाई सहयोग संगठन (एससीओ) बैठकपछि आएको हो। एससीओ बैठकमा सबै सदस्य राष्ट्रले आतंकवादविरुद्ध लड्न एकजुट भएर लाग्ने सहमति गरेका छन् । तर, त्यसको एक दिनपछि चीनको यो कदमको आलोचना पनि भइरहेको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार साजिद मीरले भारतमा लस्कर-ए-तैयबा स्थापना गरेका थिए। उनी लश्कर-ए-तैयबा प्रमुख जाकी-उर-रहमान लख्वीको सुरक्षाको लागि पनि जिम्मेवार थिए।

साजिद मीरले चरमपन्थी सङ्गठनमा सामेल हुन मानिसहरूलाई उक्साउन र भर्ती गर्न धेरै देशहरूमा गएको दाबी गरिएको छ।

धेरै देशहरूमा भारतका राजदूत भइसकेका अनिल कुमार त्रिगुनायतले एएनआईलाई भने, ‘मलाई कुनै आश्चर्य छैन। चीनले यस्तो गरेको इतिहास छ। उनी आतंकवादमा प्रत्यक्ष संलग्न नहुन सक्छ, तर सुरक्षा परिषद् १२६७ समितिमा यस्ता प्रस्तावहरूलाई प्राविधिक रूपमा अवरुद्ध गरेर आतंकवादलाई समर्थन गर्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *