अमेरिकाको भर्जिनियामा दशैं तिहार भव्य कार्यक्रम हुने

डिसी नेपाल
२ असोज २०७९ १२:४३

काठमाडौं। अमेरिकाको भर्जिनियामा अर्को साताको आइतबार दशैं तिहारको अवसरमा भव्य कार्यक्रम हुने भएको छ । सेप्टेम्बर २५ आइतबारका दिन दशैं तिहार फेस्ट र दशैं नाइट कार्यक्रम हुने भएको हो ।

अनेस्ट रियल स्टेटको प्रस्तुतीमा हुने यो कार्यक्रममा स्थानीय समयअनुसार बिहान ११ बजेदेखि ५ बजेसम्म दशैं तिहार फेस्ट हुनेछ । यसमा नेपाल र वरिपरिका क्षेत्रका स्थानीय परिकारहरु उपलब्ध हुनेछन् । साथमा कला र हस्तकलाका सामानहरु, दशैंका लागि लक्षित गरिएका सामानहरु किन्न पाइने थुप्रै स्टलहरु, बालबालिकाका विभिन्न कार्यक्रमहरु समेत यसमा हुने बताइएको छ ।

सोही दिन बेलुकी ६ बजेपछि दशैं नाइट कार्यक्रम सुरु हुनेछ । यसमा नेपाली पप संगीतका चर्चित कायकहरु एड्रियन प्रधान र निमा रुम्बाको प्रस्तुती रहनेछ । कार्यक्रममा मिस नेपाल नर्थ अमेरिका २०२२ प्रत्युषा बोहराको पनि विशेष उपस्थिति रहनेछ । साथमा सोनिक चेन्स, पासा ब्याण्ड र प्रकृति देउजाको पनि प्रस्तुती रहनेछ ।

कार्यक्रम भर्जिनियाको सेन्टरभिलेमा रहेको बुल रन पार्क इभेन्ट सेन्टरमा हुनेछ । दशैं तिहार फेस्टमा प्रवेश निःशुल्क हुनेछ । दशैं नाइटको लागि भने टिकट काट्नुपर्नेछ । टिकट दर साधारणको लागि ३५ डलर र भिआइपीको लागि १०० डलर पर्नेछ ।

१० वर्ष मुनिका बालबालिकाले निःशुल्क प्रवेश पाउनेछन् र विद्यार्थी तथा सैनिक भेट्रानलाई टिकटमा छुट दिइनेछ । कार्यक्रममा एनआरएनए भर्जिनिया च्याप्टर गैर नाफामूलक साझेदार रहनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *