निलम्बित प्रधानन्यायाधीश जबरा सरकारको अघोषित ‘नजरबन्द’मा

डिसी नेपाल
२ असोज २०७९ १३:२८

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सरकारको अघोषित नजरबन्दमा परेका छन् । सर्वोच्च फर्किने तयारी गरेका जबरालाई विहानैदेखि निवासबाट निस्कन दिइरहेको छैन ।

उनको निवासको गेटमा बाग्लो संख्यामा सुरक्षाकर्मीको तैनाथ गरिएको छ । त्यहाँ गेटबाट भित्र जाने र निस्कने सवारीको कडा रुपमा चेकजाँच गरिएको छ । हिजो रातिबाट प्रतिनिधिसभाको कार्यकाल सकिएपछि आफूमाथिको महाअभियोग निस्क्रिय बनेको निष्कर्ष साथ राणाले आज ११ बजे सर्वोच्च जाने तयारी गरेका थिए ।

माथिको आदेशमा सुरक्षाकर्मीले राणालाई निवासमै रोक्ने गरी ‘नजरबन्द’ मा राखेका हुन् । उनले आफू नजरबन्दमा परेको बताए।

‘म ११ बजेसम्म सर्वोच्चमा पुग्ने तयारी गरिरहेको थिएँ, १०ः४५ बजे घरबाट निस्किए। तर मेरा सुरक्षाकर्मीले बाहिर निस्किन नदिनु भन्ने आदेश छ भने’, जबराले भने, ‘सरकारले मलाई नजरबन्दमा राखेर सरकारले हैसियत देखायो’ सर्वाेच्च अदालतमा पनि बजरालाई कुनै पनि हालतमा छिर्न नदिन सुरक्षा व्यवस्था कडाई गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *