ताइवानमा शक्तिशाली भूकम्पको केही घण्टामै झनै शक्तिशाली धक्का, ७.२ म्याग्नेच्युड मापन

डिसी नेपाल
२ असोज २०७९ १३:४६

काठमाडौं । ताइवानको दक्षिणपूर्वी क्षेत्रमा आइतबार ७.२ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी जियोलोजिकल सर्वेको रिपोर्ट अनुसार त्यहाँ सुनामीको चेतावनी पनि जारी गरिएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षणले यस भूकम्पको म्याग्निच्युड ७.२ मापन गरेको छ । उसका अनुसार भूकम्पको केन्द्रविन्दु पृथ्वीबाट १० किलोमिटर तल थियो ।

ताइवानी मिडियाले हाल पूर्वी तटमा रेल पटरीबाट खसेको र भवन भत्किएको रिपोर्ट प्राप्त गरेको छ। हताहतको पूर्ण विवरण भने खुलाइएको छैन ।

यस भूकम्पपछि संयुक्त राज्यको सुनामी चेतावनी केन्द्रले ताइवानमा सुनामीको चेतावनी जारी गरेको छ । उक्त चेतावनीमा भूकम्पको केन्द्रबिन्दुबाट ३०० किलोमिटरको दायराभित्र ताइवान सागरको तट नजिकै खतरनाक सुनामी छाल आउन सक्ने बताइएको छ ।

जापानको मौसम विभागले पनि सुनामीको छाल १ मिटर अग्लो हुने चेतावनी दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *