चीनमा बस दुर्घटना हुँदा २७ जनाको मृत्यु

डिसी नेपाल
२ असोज २०७९ १३:५८

बेइजिङ। दक्षिणपश्चिम चीनमा आइतबार भएको बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ। ग्रामीण गुइझोउ प्रान्तको राजमार्गमा भएको दुर्घटना अहिलेसम्मकै सबैभन्दा घातक सकड दुर्घटना बताइएको छ।

४७ जना सबार बस दुर्घटनामा परेको प्रहरीले सामाजिक सञ्जालमा प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ। दुर्घटनाका २० घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

धेरै जातीय अल्पसंख्यक बसोबास गर्ने गुइझोउको दुर्गम र पहाडी क्षेत्रमा उक्त दुर्घटना भएको हो। दुर्घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *