ताजिकिस्तान र किर्गिस्तानबीचको द्वन्द्वमा मध्यस्थता गर्ने इरानको प्रस्ताव

डिसी नेपाल
२ असोज २०७९ १३:५५

काठमाडौं । इरानले ताजिकिस्तान र किर्गिस्तानबीचको द्वन्द्वमा मध्यस्थता गर्न प्रस्ताव गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले सरकारी समाचार एजेन्सीसँगको कुराकानीमा उक्त कुरा उल्लेख गरेका हुन् ।

रिपोर्टका अनुसार, “ताजिकिस्तान र किर्गिजस्तानबीच जारी सीमा विवादलाई ध्यानमा राख्दै, कनानीले बढ्दो तनावप्रति चिन्ता व्यक्त गरे र दुई देशलाई वार्ता र अहिंसात्मक रूपमा स्थायी युद्धविरामको माध्यमबाट मतभेद समाधान गर्न आग्रह गरे।”

दुई देशसँगको इरानको ‘अत्यन्त राम्रो’ सम्बन्ध रहेको उल्लेख गर्दै उनले दुई देशबीचको मेलमिलापका लागि इरान मध्यस्थता गर्न तयार रहेको बताए ।

किर्गिज-ताजिक सीमामा १४ सेप्टेम्बरमा सुरु भएको द्वन्द्व १६ सेप्टेम्बरमा ठूलो युद्धमा परिणत भयो। दुवै देशले एकअर्कामाथि युद्धविराम उल्लंघनको आरोप लगाउँदै आएका छन् ।

दुई देशबीच ९७१ किलोमिटर लामो सिमाना छ, जसमध्ये एक तिहाइ मात्र सिमाङ्कन गरिएको छ। विगत केही वर्षयता विवादित क्षेत्रमा हिंसाका घटना भइरहेका छन् । यसको कारण प्रायः सीमामा सडक निर्माण, सिँचाइको पानी, चरन र जग्गाको प्रयोग रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *