न्यान्सी पेलोसी आर्मेनियाको राजधानी येरेभान पुग्दा अजरबैजानले ३२ जना सैनिकको शव पठाइदियो

डिसी नेपाल
२ असोज २०७९ १४:४९

काठमाडौं । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसी आइतबार आर्मेनियाको राजधानी येरेभान आइपुगेकी छन् । अर्कोतर्फ, आर्मेनिया र अजरबैजानबीच द्वन्द्व जारी छ।

अर्मेनिया भ्रमणमा आएकी न्यान्सी पेलोसी अहिलेसम्मकै उच्च पदमा रहेका अमेरिकी अधिकारी हुन्। न्यान्सी पेलोसीले आफ्नो भ्रमणले यस क्षेत्रको स्थायित्वप्रति अमेरिकाको प्रतिबद्धता देखाएको बताइन् ।

यसैबीच, अजरबैजानले आफ्ना ३२ सैनिकको शव आर्मेनियालाई हस्तान्तरण गरेको छ। सेप्टेम्बर १२ र सेप्टेम्बर १३ को बीचमा दुई देशको सीमामा भएको झडपमा यी सैनिकको मृत्यु भएको थियो। अजरबैजानले आफ्नो क्षेत्रमा भेटिएका यी सैनिकको शवसँग कुनै किसिमको छेडछाड गरेको कुनै प्रमाण नभेटिएको बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *