समानुपातिक उम्मेदवारको सूची बनाउन माओवादीलाई सकस, बनायो कार्यदल

डिसी नेपाल
२ असोज २०७९ १५:०८

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रलाई समानुपातिक तर्फका उम्मेदवारको सूची बनाउन सकस बनेका छ । केन्द्रले त्यसका लागि कार्यदल बनाएको छ। महासचिव देवप्रसाद गुरूङको नेतृत्वमा कार्यदल गठन भएको हो।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले महासचिव गुरुङको नेतृत्वमा उपमहासचिव गिरिराजमणी पोखरेल र वर्षमान पुन सदस्य रहेको कार्यदल गठन गरेको छ।

गुरुङ नेतृत्वको कार्यदलले सर्ट लिष्टमा नाम उतारेर सोमबारको पदाधिकारी बैठकमा पेश गर्ने पार्टी सचिव गणेश साहले जानकारी दिए। माओवादीले सोमबार बिहान ९ बजे पदाधिकारी बैठक राखेको छ। कार्यदलले संघ र प्रदेशका लागि समानुपातिक तर्फका उम्मेदवारहरुको सूची तयार पार्नेछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *