७.२ म्याग्नेच्युडको शक्तिशाली भूकम्पले ताइवानमा भयो यस्तो विनाश (तस्वीर र भिडियोहरू)

डिसी नेपाल
२ असोज २०७९ १५:५५
256
Shares

काठमाडौं । ताइवानको दक्षिणपूर्वी क्षेत्रमा आइतबार ७.२ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी जियोलोजिकल सर्वेको रिपोर्ट अनुसार त्यहाँ सुनामीको चेतावनी पनि जारी गरिएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले यस भूकम्पको म्याग्निच्युड ७.२ मापन गरेको छ । उसका अनुसार भूकम्पको केन्द्रविन्दु पृथ्वीबाट १० किलोमिटर तल थियो ।

यस भूकम्पपछि संयुक्त राज्यको सुनामी चेतावनी केन्द्रले ताइवानमा सुनामीको चेतावनी जारी गरेको छ । उक्त चेतावनीमा भूकम्पको केन्द्रबिन्दुबाट ३०० किलोमिटरको दायराभित्र ताइवान सागरको तट नजिकै खतरनाक सुनामी छाल आउन सक्ने बताइएको छ । जापानको मौसम विभागले पनि सुनामीको छाल १ मिटर अग्लो हुने चेतावनी दिएको छ ।

भूकम्पका कारण आइतबार दिउँसो हुलियान काउन्टीको युली टाउनसिपमा रहेको तीन तले भवन भत्किएको र भग्नावशेषमा फसेका तीन जनाको खोजी भइरहेको स्थानीय प्रहरीले बताएको फोकस ताइवानले जनाएको छ ।

स्थानीय प्रहरीका अनुसार भवन भत्किँदा त्यसमा रहेको विश्वास गरिएको पाँच जनामध्ये एकजनालाई अग्निनियन्त्रकहरूले पहिल्यै उद्धार गरिसकेका छन्। भवनको पहिलो तल्लामा रहेको सेभेन-इलेभेन सुविधा स्टोरका एक कर्मचारी झ्याल फुटाएर आफैं भागेको प्रहरीले जनाएको छ।

अन्य विभिन्न ठाउँमा पनि केही मानिस भग्नावशेषमा फसेको र उनीहरूको उद्धार भइरहेको प्रहरीले जनाएको छ । अहिलेसम्म भूकम्पका कारण कसैको मैत्यु भएको पुष्टी भएको छैन तर भौतिक संरजना भने उल्लेख्य क्षति भएको छ ।

ताइवानको दक्षिणपूर्वी ताइतुङ काउन्टीमा आइतवार दिउँसो २:४४ मा शक्तिशाली भूकम्प गएको थियो, जसको केन्द्रविन्दु ताइतुङको चिसाङ टाउनसिपमा ७.० किलोमिटर गहिराईमा र ताइतुङ काउन्टी हलबाट ४२.७ किलोमिटर उत्तरमा रहेको केन्द्रीय व्युरोले जनाएको छ।

ब्यूरोको तथ्याङ्क अनुसार ताइवानमा शनिबार साँझदेखि नै शृङ्खलाबद्ध भूकम्प गएको छ, जसमा शनिबार राति ९:४१ मा ६.४ म्याग्निच्युडको र आइतबार दिउँसो १:१९ मा ५.९ म्याग्निच्युडको भूकम्प गएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *