चीनमा क्वारेन्टाइनमा लैजाँदै गरेको बस दुर्घटना

डिसी नेपाल
३ असोज २०७९ ७:०१
44
Shares

बेइजिङ। चीनमा कोभिड-१९ को क्वारेन्टाइनमा मानिस लैजाँदै गरेको बस दुर्घटनापछि सर्वसाधारणले सरकारको कडा आलोचना गरेका छन्। दक्षिण–पश्चिमी प्रान्त गुइझोउको मोटरवेमा गाडि पल्टिएको थियो । उक्त दुर्घटनामा २७ जनाको मृत्यु हुनुका साथै २० जना घाइते भएका थिए।

दुर्घटनाले बेइजिङको शून्य कोभिड नीतिको आलोचना गर्नेहरूबाट अनलाइन क्रोध फैलायो। नीतिमा सामूहिक परीक्षण र ट्र्याकिङ समावेश छ। पोजेटिभ देखिएका र नजिकका सम्पर्कमा आएका व्यक्तिलाई घरमा वा क्वारेन्टाइनमा राख्नुपर्ने हुन्छ। आइतबार बिहान भएको दुर्घटनाको कारणबारे भने केही बताइएको छैन।

बाँकी विश्वले कोभिडसँगै बाँच्न खोजिरहेको बेला चीन एक मात्र प्रमुख अर्थतन्त्र हो जुन अझै पनि भाइरस विरुद्धको लडाईलाई प्राथमिकता दिन्छ। गुइझोउमा शनिबार ७१२ जनामा कोभिड संक्रमण देखिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *